२ बैशाख २०८३, बुधबार
नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मी शाखाको बाह्रौँ जिल्ला सभा सम्पन्न, नयाँ कार्यसमिति निर्विरोध चयन
नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मी शाखाको बाह्रौँ जिल्ला सभा सम्पन्न, नयाँ कार्यसमिति निर्विरोध चयन
तम्घास, गुल्मी — नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मी शाखाको बाह्रौँ जिल्ला सभाको अधिवेशन तम्घासमा सफलतापूर्वक सम्पन्न भएको छ। नेत्र ज्योतिको सभाहलमा आयोजित उक्त जिल्ला सभामा संस्थाका अध्यक्ष श्री शेरबहादुर थापाको सभापतित्व थियो। कार्यक्रममा केन्द्रीय सदस्य श्री अखिलेश्वर प्रसाद पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रम सचिव विनोद पाण्डेद्वारा सञ्चालन गरिएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष श्री तारा प्रसाद भुसालले प्रस्तुत गर्नुभएको थियो। साथै समाजसेवी व्यक्तित्व श्री शशी पन्थीले शुभकामना मन्तव्य प्रदान गर्दै संस्थाको आगामी गतिविधिमा समर्थन व्यक्त गर्नुभयो।
अधिवेशनले नयाँ कार्यसमितिको निर्विरोध चयन समेत गरेको छ। निर्वाचन प्रमुख श्री विजय पाण्डेको नेतृत्वमा सम्पन्न निर्वाचनबाट निम्नानुसारको नयाँ कार्यसमिति चयन गरिएको छः
अध्यक्ष:
श्री तारा प्रसाद भुसाल
सदस्यहरू:
विनोद पाण्डे
माधव ज्ञवाली
वीरबहादुर कार्की
शारदा पाण्डे
लक्ष्मी अर्याल
श्यामकुमार पाण्डे
ढुन्डिराज पोखरेल
सूर्य बस्नेत
अशोक पाण्डे
निर्मला राउत
बालकुमारी पाण्डे
पार्वता थापा
रोम विश्वकर्मा
निर्वाचित कार्यसमितिको पहिलो बैठकबाट पदाधिकारीहरूको कार्यविभाजन गरिने जानकारी दिइएको छ।
कार्यक्रममा समाजसेवी तथा प्रतिष्ठित व्यक्तित्वहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष श्री तारा प्रसाद भुसालले संस्थाले आगामी दिनमा मुटुसम्बन्धी स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम तथा विगतका सफल गतिविधिहरूलाई निरन्तरता दिने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले सम्पूर्ण सदस्य, सहयोगी तथा उपस्थित समुदायजनप्रति हार्दिक धन्यवादसमेत व्यक्त गर्नुभयो।
— गुल्मी संवाददाता

