विद्यालयमा पुस्तकालय स्थापनासँगै हस्तान्तरण

admin

२०८२ पुष ४ गते, शुक्रबार १८:३४ मा प्रकाशित

कौरव खत्री

गुल्मी ०४ पौष ।

गुल्मी मुसिकोट नगरपालिकाकाे एक प्राथमिक विद्यालयमा पुस्तकालय स्थापना गरि हस्तान्तरण गरिएको छ ।

साथै कर्म फ्लाईट्स् फाउण्डेशन नेपाल कास्कीले मुसिकोट नगरपालिका वडा नं. २ का श्री गंगा प्राथमिक विद्यालयमा पुस्तकालय स्थापना गरि हस्तान्तरण गरिएको छ ।

पुस्तकालय हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गदै प्रमुख अतिथि मुसकिोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवनले सहयोगीदातालाई धन्यवाद दिदै कर्म फ्लाईट्स् फाउण्डेशन नेपालले बालवालिकाको शिक्षा सुधार्न शिक्षा क्षेत्रमा धेरै राम्रो काम गरेको बताउनुभयो । साथै उँहाले भविष्यमा पनि यस्तै रचनात्मक कार्य गर्न प्रेरणा मिलोस् भन्दै यस्ता कार्यमा मुसिकोट नगरपालिकाको पनि साथ र सहयोग एव साझेदारी गर्न तयार रहेको बताउनुभयो ।

त्यस्तै सोही अवसरमा नेपाल शिक्षक महासंघ मुसिकोटका अध्यक्ष एंव महेन्द्र आदर्श नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक देवीराम शर्माले कर्म फ्लाईट्स् फाउण्डेशन नेपालले दुर दराजका विद्यालयहरुमा पुस्तकालय स्थापना गरेर शैक्षिक क्षेत्रमा निकै राम्रो कार्य गरेकोे भन्दै उँहाले पुस्तकहरु विद्यालयको लागि निकै उपयोगी रहेको बताउनुभयो ।

त्यस्तै विद्यालयका पूर्व विव्यस अध्यक्ष एंव पूर्व वडा सदस्य नर बहादुर खत्रीले पुस्तकालयका पुस्तकबाट बालवालिकाको थप ज्ञान आर्जनमा निकै महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

साथै अवसरमा विद्यालयका कोषदाता तथा युनिक खबर डटकमका प्रधान सम्पादक रामकृष्ण कंडेलले मुसिकोट नगरपालिकाभित्रको नँया कार्यक्रम रहेको भन्दै विद्यालयले नँया नँया कार्यक्रमहरु थालनी गदै आइरहेकोले आफ्नो तर्फबाट सधै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा Education For Life (EFL) Norwayनेपाल कार्यक्रम निर्देशक कृष्णप्रसाद पोखरेलले विद्यालयकाे लागि ५सय,१ प्रती पुस्तक र शैक्षिक सामग्री एंव नगद सहित  करिव ७५ हजार बराबरकाे  पुस्तकालयकाे स्थापना गरिएकाे बताउदै यसकाे सहि सदुपयोग गरिदिन विद्यालयलाई आग्रह गर्नु भएकाे थियोे ।

पुस्तकालय हस्तान्तरण कार्यक्रममा स्विट्जरल्याण्डका नागरिक निकोल बर्जरले आफू विद्यालयमा आउन पाउँदा निकै खुशी लागेको भन्दै मलाई आशा छ पुस्तकालयबाट धेरै फाइदा लिनुहुने छ । र यसले विद्यार्थीकाे भविष्यमा ठूलाे सहयोग मिल्ने छ भन्नेमा आफू आशावादी रहेकाे बताउनुभयाे ।साथै उहाँले विद्यालयले दिनुभएको स्वागत र सम्मानप्रती धन्यवाद दिदै आगामी दिनमा पनि विद्यालयमा आउनेे अवसर जुट्ने छ भन्ने कुरामा जाेड दिनुभयो ।

साथै फाउण्डेशनले विगत केही बर्षदेखी देशका ग्रामिण क्षेत्रका विद्यालयहरुमा शैक्षिक सुधार,छात्र सहायता तथा विद्यालय पूर्वाधार निर्माण,स्वास्थ्य,शिक्षा लगायत अन्य सामाजिक कार्यहरुमा निरन्तर सहयोग गदै आइरहेको कर्म फ्लाईट्स् फाउण्डेशन नेपाल निर्देशक प्रेम बहादुर कुंँवरले जानकारी दिनुभयो ।

साथै गंगा प्राथमिक विद्यालयका प्रधानाध्यापक  कौरव बहादुर खत्रीले फाउण्डेशनलाई धन्यवाद दिदै विद्यालयमा पुस्तकालय स्थापना हुदा शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुग्ने भन्दै पठन संस्कारको विकासमा समेत सहयोग पुर्‍याउने बताउनुभयो  ।

कार्यक्रममा Education For Life (EFL) Norwayनेपाल कार्यक्रम निर्देशक कृष्णप्रसाद पोखरेल,Gender Equity and Social Action (GESA)परियोजना अधिकृत सौगात अधिकारी,स्विट्जरल्याण्डका नागरिक निकोल बर्जर,नेदरल्याण्ड्सका नागरिक लुक भान मेरियन,नेदरल्याण्ड्सका मारिन्दा भान डेन ब्लिङ्क,बिपिन परियार लगायत विद्यालय व्यवस्थापन समितिका सदस्यहरु,शिक्षक अभिभावक संघ,विद्यालयका अक्षयकोषदाता,जन्मदिन कोषदाता, अभिभावकहरु,शिक्षक,विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा निकोल राल्फकाको सहयोगमा विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई कापी र पेन वितरण गरिएको थियो ।

त्यस्तै पुस्तकालय हस्तान्तरण कार्यक्रममा अन्तराष्ट्रिय नर्सहरुले विद्यार्थीहरुको लागि स्वास्थ्य सरसफाई सम्वन्धी तालिमको सहजीकरण गर्नुभएकको थियो ।

कार्यक्रमका अवसरमा मुसकिोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवन, महेन्द्र आदर्श नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक देवीराम शर्मा, फ्लाईट्स् फाउण्डेशन नेपालका प्रतिनिधिहरुलाई फुलमाला र दोसल्ला र मायाको चिनोले सम्मान गरिएको थियो ।साथै अवसरमा विद्यालयका जन्मदिन कोषदाता एंव युनिक खबर डटकमका प्रधान सम्पादक रामकृष्ण कंडेललाई सम्मान गरिएको थियो । साथमा विद्यालयका विद्यार्थीहरूद्वारा सांगीतिक प्रस्तुतीहरू राखेका थिए । साथै सोही वडाको श्री नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयमा पनि पुस्तकालय स्थापनासँगै हस्तास्तरण गरिएको थियो ।