प्रहरी निरीक्षक पर्वतकुमार केसीको निधन

admin

२०८३ मंसिर ३ गते, बुधबार १०:४८ मा प्रकाशित

गुल्मी, २ मङ्सिर । जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसीको निधन भएको छ । कार्यालय परिसरमै रहेको आवासमा सुतिरहेको अवस्थामा मङ्गलबार बिहान उनको निधन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार सधैँ बिहान ८ः३० बजेसम्म उठ्ने गरेका केसी मङ्गलबार कार्यालय खुल्ने समयसम्म पनि नउठेपछि सहकर्मीहरू उठाउन गएका थिए । कोठाको ढोका ढकढक गर्दा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि ढोका खोलेर हेर्दा उहाँ विस्तारामै अचेत अवस्थामा फेला परेका थिए ।

अचेत अवस्थामा भेटिनु भएका केसीलाई तत्काल उपचारका लागि गुल्मी अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी विश्वकर्माले बताए ।

मृतकका परिवारजन नेपालगञ्जबाट आउन समय लाग्ने भएकाले प्रहरीले मङ्लबार राति आफन्तहरू आइपुगेपछि मात्र घटनाबारे आज औपचारिक जानकारी सार्वजनिक गरेको हो । हाल आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणको काम भइरहेको र त्यसपछि शव आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक केसी विगत लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याबाट पीडित रहेकोे बताइएको छ ।