तम्घासमा कार्तिक १५ देखि पालीकास्तरीय भलिवल प्रतियोगिता हुँदै

admin

२०८० आश्विन २० गते, शनिबार १६:०० मा प्रकाशित

 

  • २० असोज, गुल्मी । गुल्मीमा प्रथम पालिका स्तरीय पुरुष महिला भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला सदरमुकाम तम्घासमा गुल्मी भलिबल संघको आयोजनामा कात्तिक १५ गतेदेखि १८ गतेसम्म हुने प्रथम गुल्मी भलिबल कप २०८० को पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।

 

भलिबल खेलको विकास तथा विस्तार एवं स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले खेल आयोजना गरिएको गुल्मी भलिबल संघका सचिव नारायण आचार्यले बताए । खेलमा जिल्ला स्थित १२ वटा स्थानीय तहबाट खेलाडीहरुको सहभागिता हुने आयोजकले जनाएको छ ।

 

पुरुष भलिबल खेलमा प्रथम हुनेले नगद ७७ हजार ७७७ रुपैयाँ द्धितिय हुनेले ५५ हजार ५५५ रुपैयाँ, तृतिया हुनेले ३३ हजार ३३३ रुपैयाँ र सानतना हुनेने ११ हजार १११ रुपैयाँ पाउने छन् ।

 

त्यस्तै महिला भलिबलतर्फ प्रथम हुनेले ३५ हजार रुपैयाँ, द्धितिय हुनेले २५ हजार रुपैयाँ, तृतिय हुनेले १५ हजार रुपैयाँ र सानतना हुनेने १० हजार रुपैयाँ पाउने भएका छन् ।

 

खेलमा राष्ट्रिय स्तरमा खेल खेलेका खेलाडी बाहेक हुनुपर्ने आयोजकले जनाएको छ ।