लाभांश प्रस्ताव घोषणा गर्ने पहिलो बिकास बैंक बन्यो साईन रेसुङ्गा

admin

२०८० आश्विन २४ गते, बुधबार १०:३४ मा प्रकाशित

गुल्मी असोज २४,

 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ। उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गर्ने विकास बैंकहरुमध्ये शाइन रेसुंगा पहिलो हो।

बैंकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३.१६ रुपैयाँको कुल ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १०.५० प्रतिशतले हुन आउने ४४ करोड ९८ लाख ७ हजार ७३७.३८ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५५ प्रतिशतले हुन आउने २ करोड ३६ लाख ७४ हजार ९१.४४ रुपैयाँबराबरको नगद लाभांश छन् ।बैंकको वितरणयोग्य मुनाफा ४७ करोड ७२ लाख ७९ हजार ५७२ रुपैयाँ रहेको छ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ