२४ आश्विन २०८१, बिहीबार
छत्रकोट बासिन्दाले नि: शुल्क मोतियाबिन्दुको शल्यक्रिया गर्न पाउने
१७ कात्तिक, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाका नागरिकले नि: शुल्क मोतियाबिन्दु को शल्यक्रिया गर्न पाउने भएका छन् । त्यसका लागि छत्रकोट गाउँपालिका र नेत्रज्योति संघ गुल्मी शाखा बिच सम्झौता सम्पन्न भएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।
सम्झौता भएसँगै छत्रकोट गाउँपालिकाको सिफारिसमा नागरिकहरुले जिल्ला आखाँ उपचार तथा शल्यक्रिया केन्द्र, तम्घासबाट मोतियाबिन्दुको नि:शुल्क शल्यक्रियाको सुविधा लिन सक्ने पाण्डेले बताए । मोतियाबिन्दु लागेर शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेका पालिका वासीले यो सुबिधा लिन गाउँपालिकाले आग्रह समेत गरेको छ ।
यो सेवा लिन पालिकाको सिफारिस लिएर आँखा उपचार केन्द्र तम्घास गुल्मीबाट लिन सक्नेछन् । मोतियाबिन्दुको शल्यक्रियामा लाग्ने सम्पूर्ण खर्च पालिकाले भुक्तानी गर्ने भएको छ ।
यश अघि जिल्लाका अन्य पालिकाहरुले पनि मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएर नागरिकलाई सेवा दिँदै आएका छन् ।