गुल्मीको मुसिकोटमा प्रथम मेयर कप भलिवल प्रतियोगिता सुरु

कमल पौडेल

२०८० कार्तिक २२ गते, बुधबार २०:३६ मा प्रकाशित

गुल्मी, कात्तिक २२ । गुल्मीको मुसिकोट नगरपालिकामा प्रथम मेयरकप अन्तरपालिका भलिवल प्रतियोगिता शुरु भएको छ । मुसिकोट नगरपालिकाको आयोजनामा वडा नं ४ अन्र्तगत ग्वादीकाचौरमा उक्त प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगितामा दश टिमको सहभागिता रहेको छ । बुधबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेल मुसिकोट नगरपालिका र रेसुङ्गा नगरपालिका विच भएको थियो । दुइ पालिका विच भएको खेलमा मुसिकोट नगरपालिकाले सून्यका बिरुद्ध दुइ सेटको अन्तरले रेसुङ्गालाई पराजित गरि दोश्रो चरणमा प्रवेश गरेको छ । 

प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीराज भुसालले खेल राष्ट्रको पहिचान भएकोले राज्यको लगानी वृद्धि हुनुपर्ने बताउनु भएको छ । उहाँले खेल क्षेत्र विकासको लागि राज्यको दृष्टिकोण पुग्नुपर्ने बताउनु भएको थियो । कार्यक्रममा नेपाल विद्यालय भलिवल कमिसनका अध्यक्ष राम केसी, गुल्मी जिल्लाको पहिलो भलिवल खेलाडि छवि खरेल, नेपाली काँग्रेसका रमेश विक, नेकपा एमालेका नारायण सापकोटा, नेकपा माओवादी केन्द्रका युवराज खरेल लगायतले खेल क्षेत्रको विकासका लागि स्थानीय सरकारदेखि संघीय सरकारसम्मले ध्यान पुराउनु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रम मुसिकोट नगरपालिकाका प्रमुख जिवन खरेलले यस्ता प्रकारका प्रतियोगिताहरुले नव प्रतिभावना खेलाडीहरुको उदय गराउन मद्दत पुग्ने भन्दै खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेको बताउनु भयो । उक्त प्रतियोगितामा बिहिबारको पहिलो खेल बाग्लुङ् निसिखोला गाउँपालिका र तमानखोला गाउँपालिका विच सञ्चालन हुने नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्रीले जानकारी दिन’भएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा कलाकारहरु उज्वल गिरी, विष्णु श्रीपाली लगायतका कलाकारहरुकको प्रस्तुती समेत रहेको थियो ।