३ चैत्र २०८१, सोमबार
नगर सौन्दर्यकरण अभियान सुरु गर्दै आमा समुह

गुल्मी कार्तिक २४,
लेकवेशी आमा समुह रेसुङ्गा नगरपालिका वार्ड नं ८ का महिलाहरुले पुष्प विरुवा तथा गमला वितरण कार्य शुरु गरेका छन । सुन्दर हराभरा नगर हाम्रो शान, घर घरमा पुष्प हाम्रो अभियान भन्ने नाराका साथ वार्ड नं ८ भित्रका हरेक घरमा पुराउने गरि गमला तथा फुल विरुवा वितरण सुरु गरिएको सस्थाकि अध्यक्ष तारा पौडेलले बताउनु भयो । कृषी ज्ञान केन्द्र तम्घास गुल्मीले २५० फुलका विरुवा सौजन्य गरि कार्यक्रम सुरुवात गर्न सहयोग गरिएको तथा कार्यक्रमले बजार सौन्दर्यकरणमा सहयोग पुग्ने कृषी ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो।
आमा समुहले सुरु गरेको कार्यलाइ वार्ड नं ८ भरि पुराउन आफुले वार्डबाट समेत र आफ्नो व्यक्तिगत तर्फबाट पनि सहयोग गर्ने रेसुङ्गा नगरपालिका वार्ड नं ८ का अध्यक्ष निरन्जन थापाले बताउनुभयो ।
कार्यक्रम लाइ सफल बनाउन गुल्मी उद्योग वाणिज्य संघ सदा तत्पर रहने र यो अभियाने वजार सौन्दर्य गर्न योगदान पुर्याउने संघका उपाध्यक्ष तारा भुसालले बताउनुभयो।
राधा पाण्डे को स्वागत मन्तव्य तथा माया श्रीसले कार्यक्रमको बारेमा जानकारी दिनुभयो। कार्संयक्रम संचालन सचिव जुना थापाले गर्नुभएको थियो।
कार्यक्रममा आमा समुहका महिला आमा दिदी बहिनीहरुको उपस्थिति रहेको थियो।