२४ मंसिर २०८१, सोमबार
गुल्मीमा प्रथम मदन भण्डारी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
२५ कात्तिक, गुल्मी । गुल्मी जिल्लामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी गुल्मीको आयोजनामा प्रथम मदन भण्डारी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला सदरमुकाम तम्घासमा बिहिबारबाट सुरु भएको खेल शनिबार सम्पन्न भएको हो ।
प्रतियोगितामा जिल्ला भरबाट ५२ समूह सहभागी भएका थिए । प्रतियोगितामा विभिन्न समुहमा प्रथम, द्धितिय, तृतिय हुने समुहलाई लुम्बिनी प्रदेश सांसद दिनेश पन्थीले नगद, मेडल र प्रमाण पत्रले खेलाडीलाई सम्मान गरेका थिए ।
प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेहरुले खुल्ला, भेट्रान, सुपर भेट्रान र १६ बर्ष उमेर तलको लागि क्रमशः ३० हजार, २५ हजार, २५ हजार, १५ हजार र १५ हजार पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै द्वितीय स्थान प्राप्त गर्ने खुल्ला, भेट्रान, सुपर भेट्रान र १६ बर्ष उमेर तलको लागि क्रमशः २० हजार, २० हजार, २० हजार, १० हजार र १० हजार पुरस्कार प्रदान गरिएको थियो ।
तृतीय स्थान प्राप्त गर्नेले खुल्ला, भेट्रान, सुपर भेट्रान र १६ बर्ष उमेर तलको लागि क्रमशः १० हजार, १५ हजार, १० हजार, ५ हजार र ५ हजार पुरस्कार प्रदान गरिएको मदन भण्डारी स्पोर्ट्स एकेडेमी गुल्मीका उपाध्यक्ष माधव बिष्टले बताए । खेलको समान गर्दै प्रदेश सांसद पन्थीले खेललले स्वास्थ्य रहन मद्दत गर्नुका साथै जिल्ला र देशलाई चिनाउन सक्ने माध्यम रहेको बताए ।
पछिल्लो समय नेपाले खेल क्षेत्रमा फडको मार्दै गएको पन्थीले बताए । ब्याडमिन्टन प्रतियोगितामा जिल्लामा ब्याडमिन्टन खेल सुरुवात गर्ने पुराना खेलाडीहरुलाई समेत सम्मान गरिएको थियो ।
त्यस्तै प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने विभिन्न संघ संस्थाहरुलाई समेत सम्मान गरिएको थियो । खेलको नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले शुभारम्भ गरेका थिए ।