२७ माघ २०८१, आईतवार
भ्रष्टचारीलाई ठेगान नलाएसम्म विकास सम्भव छैन ः डा. चन्द्र भण्डारी

अनिल खत्री
९ मंसिर, गुल्मी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य डाक्टर चन्द्रकान्त भण्डारीले भ्रष्टचारीलाई ठेगान नलाएसम्म देशको विकास सम्भव नभएको बताएका छन् । नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भण्डारीले नेपालको रोग नै भ्रष्टाचार भएको भन्दै त्यी भ्रष्टाचारीहरुलाई ठेगान नलगाएसम्म विकास सम्भव नभएको बताए ।
भ्रष्टाचार गर्ने ब्यक्तिलाई तीन पुस्ता पछिसम्म पनि नछाडने उहाँले उद्घोष गरे । शक्तिको आडमा रहेर भ्रष्टाचार गर्ने छुट कसैलाई पनि नभएको बताएका छन् ।
पछिल्लो समय राजनीतिमा ब्यक्तिबादी हावी भएको भन्दै देशको चिन्ता गर्ने दल र नेता नभएको भन्दै उनले चिन्ता ब्यक्त गरे । ब्यक्तिबादी हावी रहँदा देशको विकास नहुँने उहाँको तर्क छ ।
गत फागुन ३ गते ग्यास सिलिण्डर दुर्घटनामा घाइते भएका भण्डारी करिव ९ महिना लामो उपचार पछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागि भएका हुन् ।
नेपाली कांग्रेस गुल्मीको २ दिनसम्म चल्ने सम्मलेनले गुल्मी घोषणा जारी गर्दै आइतबार सकिनेछ ।