स्वास्थ्य सेवासंगै गिति संगितमा नाम कमाउदै डाक्टर पन्त

admin

२०८० मंसिर २२ गते, शुक्रबार २१:४७ मा प्रकाशित

मंसिर २२ गुल्मी

स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखामा कार्यरत डाक्टर निरन्जन पन्तले मायाको गाठो नामक गिति एल्बम बजारमा ल्याउनुभएको छ। आफ्नै नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको म्युजिक भिडियोको संगीत तिलक सिंह पेलाज्यु र स्वयं आफैले दिनुभएको गितको संगित सम्योजन चर्चित सङ्गितकर्मि रिदम कडेलले दिनु भएको छ भने गितमा किशोर थापाको मिक्सिङ रहेको छ ।

बिरामीको सेवा गर्ने व्यस्त दैनिकीका बीचमा पनि उहाँले निश्चित समय छुट्याएर संगीत साधनमा लाग्ने गर्नु भएको छ ।  चिकित्सकीय सेवासँगै संगीत साधनालाई पनि उच्च प्राथमिकताका साथ निरन्तरता दिएर अगाडि बढ्ने बताउनुहुन्छ डाक्टर निरन्जन पन्त।

पेशागत सन्तुष्टिको हिसाबले संसारमै सबैभन्दा सन्तुष्टि स्वास्थ्य सेवाबाट पाइन्छ । त्यसमा पनि चिकित्सकले धेरै मानिसलाई नयाँ जीवन दिने कार्यको नेतृत्व गरेकोले उसलाई आफैलाई पनि बढी सन्तुष्टि मिल्ने गरेको अनुभव धेरैको छ । त्यसैगरी बिरामीले उनीहरूप्रति देखाएको कृतज्ञताको भावनाले पनि थप आत्मसन्तोष प्राप्त हुन्छ । त्यही अधिक सन्तोषको काम गर्दै आउनु भएका डा। निरन्जन पन्त अहिले अर्को सन्तुष्टिको काम तर्फ पनि लाग्नु भएको छ । उहाँले चिकित्सकीय सेवासँगै संगीत साधनालाई पनि उच्च प्राथमिकताका साथ निरन्तरता दिन थाल्नु भएको छ

“हुन त गीत संगीत प्रतिको रुचि र लगाव बाल्यकाल देखि नै थियो, तर अध्ययनलाई उच्च प्राथमिकता दिनु परेकाले त्यतिबेला यसलाई केन्द्रमा राख्न सकिन, त्यसपछि उच्च शिक्षाको सिलसिलामा पनि त्यतै बढी केन्द्रित हुनु परेकाले यो मेरो रुचिको विषय ओझेलमा परेको थियो,” विगतलाई स्मरण गर्दै उहाँले भन्नुभयो । उहाँले छात्रवृत्तिमा त्रिवि शिक्षण अस्पतालबाट एमबिबिएस र एमडी गर्नु भएको हो ।

डा पन्तले अबदेखि भने चिकित्सकीय पेशासँगै यो गीतसङ्गीतको साधनालाई पनि सँगसँगै लैजाने अठोट गर्नु भएको छ । बिरामीको सेवा गर्ने व्यस्त दैनिकीका बीचमा पनि उहाँले निश्चित समय छुट्याएर संगीत साधनमा लाग्ने गर्नु भएको छ। यही साधनाको प्रतिफल स्वरुप उहाको  “मुस्कानका शब्द” ले राम्रो भ्युज तथा ख्याति कमाउन सफल भयको थियो ।

उहाँलाई दुर्गम बस्तीहरूमा सेवा गर्ने धोको अझै पुरा भएको छैन । उहाँले अहिले स्वास्थ्य नीति र जेष्ट नागरिकको उपचार सम्बन्धी अध्ययन गर्न लागेको र त्यो पुरा भएपछि फेरि दुर्गम गाउँहरूमा सेवा गर्ने योजना सुनाउनु भयो ।

 

हेरौ भिडियो