लाभांश प्रस्ताव पारित गर्दै शाइन रेसुङ्गा बैङ्कको १५ औ साधारण सभा सम्पन्न

admin

२०८० मंसिर २३ गते, शनिबार १२:०४ मा प्रकाशित

मंसिर २३ बुटवल

शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडको १५ औ साधारण सभा रुपन्देहीको मणिग्राममा सुरु भएको छ । २०६५ साल फाल्गुन ०९ गते राष्ट्र बैंकबाट स्वीकृत प्राप्त बैंकले आफ्नो १५ वर्ष पुरा गरे संगै १५ औं साधारणसभा सम्पन्न गर्दै छ । १५ औ साधारण सभा बाट बैकले ११.०५ % लाभांश प्रस्ताव लाइ स्विकृत गर्नेछ। । १०.५०% बोनस सेयर तथा  ०.५५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांस रहेको बैकका प्रमुख कार्यकारी अधिकृत प्रकास पौडेलले बताउनु भयो । बैकले आव ७९/८० मा ४० करोड राजस्व तथा २९ करोड सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरेको बैकका अध्यक्ष थानेश्वर पौडेलले बताउनु भयो । साधारण सभामा बैङकका प्रमोटर शेयर सदस्यहरु तथा पब्लिक शेयर सदस्यहरु र बैक कर्मचारीहरुको उपस्थिति रहेको थियो। बुटवलमा मुख्य कार्यलय रहेको बैंकको ८८ शाखा देशभर स्थापना गरि राष्ट्रिय बिकास बैंकको रुपमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेड रहेको छ ।

 

 

आर्थिक वर्ष २०७२/०८० मा बैंकले निक्षेप परिचालनमा २९.८४ प्रतिशतले वद्धि गरी रू. ५६ अर्व ५४ करोड र कर्जा लगानीमा २०.०६ प्रतिशतले वृद्धि गरी रू. ४५ अर्ब ६७ करोड पु-याएको छ । खुद मुनाफामा १६.८५ प्रतिशतको वृद्धि गरी रू. ७५ कारोड ८८ लाख पुर्याएको छ भने वासलातमा २५.१५ प्रतिशतले वृद्धि मैं रू. ६३ अर्ब ४२ करोड भएको छ । शेयरधनी कोष १४.२० प्रतिशतले वृद्धि भई रू. ६ अर्ब १८ करोड पुगेको छ । निष्कृय कर्जा १.१४ प्रतिशतबाट १.८१ प्रतिशत पुगेको छ ।