२१ कार्तिक २०८१, बुधबार
उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा अर्याल चयन
अनिल खत्री
७ पुस, गुल्मी । उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गुल्मीको अध्यक्ष हिराबहादुर अर्याल चयन भएका छन् । शनिवार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न चौथो बार्षिक साधारण सभाले अर्यालको अध्यक्षतामा कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको हो ।
जसको उपाध्यक्षमा टामलाल के.सी, सचिव भरत चन्द, सह–सचिव बिमल छन्तेल, कोषाध्यक्ष बिन्दु पन्थी रहेका छन् । त्यस्तै सदस्यहरूमा हिमालय केसी, भगवती थापा, सीता भुसाल सापकोटा, सालिकराम बस्नेत चयन भएका हुन् ।
लेखा सुपरिवेक्षण समिति संयोजकमा प्रकाश चालिसे, सदस्य एलिजा थापा श्रीस, सदस्य कृष्ण बहादुर पाण्डेलाई चयन गरेको छ । शनिवार सम्पन्न चौथो साधारणसभामा चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीपछिल्लो समय हरेक क्षेत्रमा नकरात्मक टिप्पणी बढदै गएको बताए ।
उनले सार्वजनिक संस्था राजनिति भन्दा माथी उठेर सञ्चालन गरे सफल हुने बताए । सहकारीमा करिब ६ सय सेयर सदस्य रहेका छन् ।
संस्थामा सेयर सदस्यहरुबाट संकलित सेयर पूँजी २ करोड २२ लाख ६६ हजार रहेको छ । सहकारीले ४ करोड २८ लाख ३१ हजार २६६ रुपैयाँ ऋण लगानी गरेको छ ।
संस्थाले आफना सदस्यहरुको जोखिम बहनका लागि औषधी उपचार तथा जोखिम बहन कोष स्थापना गरि सञ्चालानमा ल्याएको छ । कुनै पनि सेयर सदस्य मुटु, क्यान्सर, ब्रेन, ट्युमर, मृगौलासम्बन्धी बिरामी परेमा २५ हजार औषधी उपचार सहयोग उपलब्ध गराउने नीति संस्थाले लिएको छ ।