नेपाल राष्ट्र बैंककाे मुल्य तथ्याङ्क सम्बन्धि अन्तरकृया सम्पन्न

admin

२०८० पुष ९ गते, सोमबार १३:३५ मा प्रकाशित

गुल्मी पुस ९,

नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभाग, मूल्य महाशाखाद्वारा गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा अन्तरकृया कार्यक्रम सम्पन गरेको छ। नेपालराष्ट्र बैक नेपाल सरकारको केन्द्रीय बैक हो । राष्ट्र बैंकले देशका सबै बैक तथा वित्तीय संस्थाको नियमन गर्ने गर्दछ । देशको मुद्रा स्फीती तथा मुद्रा स्थिरता ले देशको अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा अन्तरक्रियामा छलफल भएको थियो। नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्रकास कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन कार्यक्रममा सहभागीहरुले राखेका मुल्य तथ्याङ्क सम्बन्धित तथा आर्थिक कुराहरुको बारेमा डा प्रकाश श्रेष्ठले जवाफ दिनुभएको थियो। बैंकहरुले बैक व्याजमा व्यवसायीहरुलाइ आतङ्कित पारेकोले सो विषयमा ध्यान दिन धेरैजसो सहभागीहरुले गुनासो गरेका थए । कार्यक्रममा नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभाग उपनिर्देशक रविन्द्र महर्जन ले कार्यपत्र प्रस्तुति गर्नुभएको थियो । स्रोत पसलहरु तथा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु को उपस्थितिमा कार्यक्रम सम्पन भएको थियो ।

 

 

 

अन्तरक्रिया कार्यक्रममा