२१ कार्तिक २०८१, बुधबार
डढेलोका कारण गुल्मीमा ८९ घरगोठ जलेर नष्ट, करोडौको क्षती
पछिल्लो अपडेट,
जनार्दन घिमिरे
गुल्मी, वैशाख ९ । गुल्मीमा इस्मा गाउँपालिकामा सनिबार लागेको डढेलोबाट ८९ वटा घर गोठ जलेर नष्ट भएका छन । इस्मा गाउँपालिका वडा नं १ वडा नं २ र वडा नम्बर ४ मा स्थानीय सामुदायीक वनहरुवाट लागेको डढेलोका कारण ४१ वटा घर र ४८ वटा गोठ जलेका हुन । घरगोठसँगै ८३ वटा पशु चौपयाहरु समेत जलेर मरेका छन ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी शंकर प्रसाद पोख्रेलका अनुसार उक्त घटनामा परि दुई जना व्यक्ति र नौं वटा पशुचौपाया समेत घाईते बनेका छन । डढेलोका कारण एक मन्दिर, एक ट्याक्टर र दुइवटा कुटानी पिसानी मिलमा समेत पूर्ण रुपले क्षती पुगेको छ ।
डढेलोका कारण करोडौको सम्पत्तिमा क्षती पुगेको छ । घरमा रहहेका सुन, चाँदीका गहनादेखि नगद, लत्ताकपडा, अन्नपात सबै जलेको छ । सनिबार अत्यधिक मात्रमा चलेको हावाहुरीका कारण डढेलो नियन्त्रण भन्दा बाहिर गई उक्त दुखद घटना घट्न गएको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंङ खड्काले बताउनु भयो । उहाँले दुखको यस घडिमा सबैलाई सहयोगको अपिल समेत गर्नु भएको छ ।
डढेलो निभाउनका लागि दमकल, नेपाली, सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरीका साथै स्थानीयहरुले ठूलो प्रयास गरे पनि आईतबार बिहान मात्र डढेलो नियन्त्रणमा आएको थियो । हेर्दा हेदै छिन भरमै स्थानीयका आँखा अगाडि आगोले घरहरु खरानी बनाई दिएको थियो । आगलागि भएको क्षेत्रमा स्थानीय गाउँपालिका,, जिल्ला प्रशासन, नेपाल रेडक्रस, उद्योग वाणिज्य संघ, विद्युत, खानेपानी, डिभिजन वन, लायन्स क्लव लगायतका विभिन्न कार्यालय र संघ सस्थाहरुले तत्कालका लागि आवश्यक राहत सहहयोग पुराएका छन ।
इस्मा गाउँपालिकाको आइतबार बसेको गाउँ कार्यपालिका बैठकले पीडित विस्थापित परिबारहरुका लागि तत्काल थप राहत सामग्रि पठाउने र जन प्रतिनिधिहरुले पनि एक महिनाको पारिश्रमीक सहयोग गर्ने निर्णय गरेका छन । त्यसैगरि कर्मचारीहरुले पनि मासिक पारिश्रमीकको पाँच प्रतिशत रकम सहयोग गर्ने जनाएका छन । विपदमा सबैलाई सहयोग गर्न भन्दै गाउँपालिकाले एकद्वार प्रणाली अन्र्तगत गाउँपालिकाको नाममा ग्लोबल आइएमइ बैक इस्मा शाखामा रहेको प्रकोप व्यवस्थापन कोषको खातामा रकम जम्मा गरिदिन सबैमा आव्हान गरेको छ ।
फिल्मी शैलीमा सल्कीएको आगोले एकै छिनमा घरहरु छिनभरमै खरानी बनाएको स्थानीयहरुले बताएका छन । आगो निभाउने भन्दा पनि कसरी प्राण जोगाउने भन्नेमा आफुहरु लागेको उहाँहरुले सुनाउनु भयो । इस्मा गाउँपालिका २ स्थीत सिदुङखाको रानी सामुदायिक वनमा लागेको डढेलो अचानक बस्ती पसेको थियो । डढेलोका कारण हस्तिचौरको सिदुङखा, उजुङ्, तिम्लेखर्क, कोटकोटेरी लगायतका क्षेत्र बढी मात्रमा प्रभावित बनेका छन । इस्मा गाउँपालिका–१ मा लागेको डढेलोका कारण ट्याक्टर चालक स्थानीय १९ बर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७ पल्टारका २१ बर्षीय प्रेम राना घाइते भएका थिए । उनीहरुको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भैरहेको छ ।
अगलागिमा परेर बिस्थापित भएका परिवारहरु यतिबेला स्थानीय छिमेकीको घरमा आश्रय लिएका छन । अगालागि हुँदा पानीका पाईपहरु जलेपछि उक्त स्थानमा खानेपानीको समस्या देखिएको छ । डढेलोका कारण इस्मा, रेसुङ्गा, गुल्मीदरवार र रुरुक्षेत्र लगायतका पालिकाहरुमा पनि डढेलोले ठूलो क्षति पुराएको छ ।