२१ कार्तिक २०८१, बुधबार
गुल्मीमा मृगौला रोगसम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न
अनिल खत्री
२३ वैशाख, गुल्मी । पछिल्लो समय विभिन्न कारणले मृगौला रोग सम्बन्धी समस्या बढी देखा पर्ने गरेका छन् । गुल्मीको तम्घासमा शुभलक्ष्मी फर्माले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत स्वास्थ्यकर्मी, डक्टर र पत्रकारहरुसँग मृगौला रोग सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ ।
खानपान र समय समयमा स्वास्थ्य परीक्षण नगर्दा पछिल्लो समय मृगौला रोग सम्बन्धी जटिल समस्याहरु देखा परेका बिरामीको संख्या बढदै गएको पाइएको छ । मृगौला रोगका बिरामी धेरै देखा पर्न थालेकाले यस सम्बन्धी हुने समस्या र समाधानका बारेमा जानकारीका दिन गुल्मीको तम्घासमा रहेको शुभलक्ष्मी फर्माले एक दिने सचेतना मूलक कार्यक्रम गरेको हो ।
स्वास्थ्यकर्मी पत्रकारहरुको माध्यमबाट आम नागरिक माझ सचेतना गराउने उदेश्यले लुम्बिनी मेडिकल कलेज भैरहवाका वरिष्ठ सुगर, ब्लड प्रेसर तथा मृगौला रोग बिशेषज्ञ डाक्टर कृष्णकुमार अग्रवालको उपस्थितिमा सचेतना मूलक कार्यक्रम गरिएको थियो । सचेतना कार्यक्रममा स्वास्थ्य कर्मीहरुले यस्तो खालको कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए ।
गुल्मी अस्पतालका निमित्त प्रमुख डाक्टर मिलन भुसालले स्वास्थ्य कर्मीहरुलाई दैनिक कार्यमा यस कार्यक्रमले थप सहजता ल्याएको बताउनुभयो । उहाँले पछिल्लो समय सुगर, ब्लड प्रेसर तथा मृगौला रोगका बिरामी बढ्दै गएकाले सबैले खानपान लगायतका कुराम ध्यान दिन आग्रह गर्नुभयो ।
मधुमेह र उच्च रक्त चापका कारण मिर्गौला फेल हुने सम्भावना बढी हुने गरेको मृगौला रोग विशेषज्ञ डाक्टर कृष्णकुमार अग्रवालले बताउनुभयो । खुट्टा सुनिनु, रातको समयमा पिसाब बढी लाग्नु, आँखा वरीपरीको भाग सुनिनु, खाना मन नलाग्नु, उच्चरक्त चाँप कन्ट्रोल नहुनु जस्ता लक्षणहरु देखा पर्ने गर्दछन् ।
प्रत्येक एक सय जना बिरामीमध्ये ३ जनामा डायलायसिस गर्नुपर्ने खालको यो रोग ५० प्रतिशतमा मात्र देखा पर्ने डाक्टर अग्रवालको भनाइ छ । अन्य देशको तुलनमा खाडी मुलकमा गएका युवाहरुमा यो रोग बढी देखा पर्ने गरेको पाइएकाले यसको कारण अनुसन्धानकै क्रममा रहेको डाक्टर अग्रवालले बताउनुभयो ।
विदेश गएका युवाहरुमा यो रोग देखा परेपनि उपचार पछि निको हुने गरेकाले नआत्तिन र सजग रहन उहाँले आग्रह समेत गर्नुभयो । बढी मात्रामा रातो मासु भएको मासु खान नहुने भएकाले मृगौला रोग सम्बन्धी सचेतनाका कार्यक्रमहरु फैलाउनु उपयुक्त हुने डक्टर अग्रवालले बताउनुभयो ।
विश्वब्यापीरुपमा मृत्यु हुनेको कारण मध्ये पाँचौं नम्वरमा यो रोग पनि रहेको छ ।