गुल्मीको रेसुङ्गा नगरपालिकामा प्रथम रेसुंगा मेयरकप फुटबल प्रतियोगिता शुरू

admin

२०८१ बैशाख २४ गते, सोमबार २०:२५ मा प्रकाशित

गुल्मी,बैशाख २४। गुल्मीको रेसुङ्गा नगरपालिकामा प्रथम रेसुंगा मेयरकप फुटबल प्रतियोगिता सोमबार देखि सुरु भएको छ । उक्त प्रतियोगिताको गुल्मी क्षेत्र नम्वर १ का सांसद चन्द्र भण्डारीले उद्घाटन गर्नु भएको हो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद भण्डारीले भन्नुभयो पछिल्लो समय नेपाली  युवाहरु कि खेलकुदमा  रमाएका छन कि त संगितको मनोरञ्जनान भुलेका छन्, कि त यहाँ युवाहरु विदेश जानका लागि एयरपोर्टमा भेटिने गरेका छन् ।

हामीले यो देशको विकास समृद्धि र आर्थिक विकासका निम्ति अहिले सबैभन्दा ठुलो खेल बनिरहेको छ । एउटा युवाले फुटबल खेलाडीले एउटा बल हानिदिए भने एउटा क्रिकेटरले एउटा छक्का हानिदिए भने त्यस भित्र देशको पहिचान मात्र होइन्, देशको आर्थिक विकास पनि रहेको हुन्छ । यो खेलका माध्यमबाट जिल्लातह हुँदै राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने  उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सालझण्डी सडकखण्डलाई समयमै सम्पन्न गर्न सके यस ठाउँमा खेलका लागि थुप्रै युवाहरुलाई जिल्लामा भित्राएर तराई चर्को गर्मीले सताईरहेका बेला यसमा थुप्रै युवाहरुलाई  गुल्मी  भित्राएर यहाँको विकास गर्न सकिने उहाँको धारणा छ ।

त्यस्यसै हरि रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले  प्रथम मेयर कपको अवसरमा गुल्मीका पहिलो राष्ट्रिय,अन्तराष्ट्रिय  फुटवल खेलाडी सेउवाका स्वर्गीय दल बहादुर राना मगरको स्मरणगर्दै भन्नुभयो । उहाँले गुल्मीलाई राष्ट्रिय अन्र्तराष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्वपुर्ण भुमिका खेल्नु भएको थियो ।

यसर्थ अब छिट्टै उहाँको शालिक रेसुङ्घा नगरपालिकाले निर्माण गर्दै छ । उहाँले देशकै गौरवका रुपमा चिनिएका गुल्मी घर भएका राष्ट्रिय क्रिकेटर खेलाडी सोमपाल कामी, अर्जुन कुमालको स्मण गर्दै लडेर घाईते पौडी खेल्ने क्रममा गम्भीर घाईते भएका

मोहन तरामुको शिघ्र स्वास्थय लाभको कामना गर्नु भयो  । त्यस्तै उहाँले अर्का खेलाडी  तुल बहादुर थापा लगायत राष्ट्रिय खेलाडीहरुको स्मरण गर्दै मेयर पन्थीले नगरपालिका सधैं खेलाडीहरुको साथमा रहेको बताउनुभयो । विदेश पलायन भएको सन्दर्भमा खेलमा खेलाडीहरुको, खेल क्षेत्रलाई प्राथमिकतामा राखेर नगरपालिकाले निति कार्यक्रम अगाडी बढाएको उहाँले जानकारी दिनु भयो ।

रेसुङ्घा नगरपालिका भित्रका १४ वटा वडा बिच प्रतिस्पर्धा गराउने उद्देश्यका साथ सुरु भएको प्रतियोगितमा १२ वटा वडाका टिमहरु सहभागि भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरिप्रसाद महाकिमले जानकारी दिनु भयो ।