२४ मंसिर २०८१, सोमबार
गुल्मीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु दुइ घाइते
गुल्मी, २९ जेठ । गुल्मीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका –७ स्थीत देउराली‐तम्घास भित्री सडकखण्ड अन्र्तगत नेटाबाट देउराली तर्फ आउँदै गरेको ना ८ ख ६६४४ नम्बरको टिपर गएराति दुर्घटना भएको हो ।
दुर्घटनामा परि टिपर चालक अर्घाखाँचीे सन्धिखर्क नगरपालिका –८ का २६ वर्षीय रामलाल पुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक शंकर पोखरेलले जानकारी दिनु भएको छ । दुर्घटनामा थप दुइ जना घाइते भएका छन ।
गए राति दुर्घटना भएको उक्त टिपर सडकबाट ६० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते भएका चालक पुरीलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताउनु भयो ।
दुर्घटनामापरि घाईते हुनेहरुमा अर्घाखाँची जिल्ला शीतगंगा नगरपालिका–२ का २९ वर्षीय नविन घिमिरे र सन्धिखर्र्क नगरपालिका –८ का ३३ वर्षीय रिसभ केसी रहेका छन् । घाइतेमध्य रिसभको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई थप उपचारका लागि पाल्पा स्थित लुम्बिनी मेडिकल कलेज प्रवास पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।