२३ भाद्र २०८१, आईतवार
गुल्मीमा पाँचौं पुल्चोक कपको उपाधि रिडर्स पब्लीकलाई
गुल्मी, १५ भदौ । गुल्मीमा यस वर्षको पाँचौं पुल्चोक कप–२०८१ को उपाधि रिडर्स पब्लीक हाईस्कुल तम्घासले हात पारेको छ । सनिबार सदरमुकाम तम्घास स्थीत चिदिचौर खेल मैदानमा सम्पन्न जिल्ला स्तरीय छात्रा फुटबल प्रतियोगितामा सिद्धबाबा माध्यमिक विद्यालय उपविजेता बनेको छ ।
अन्तिम समयसम्म निकै प्रतिस्पर्धात्म रुपमा सम्पन्न उक्त खेलमा रिडर्स पब्लीक हाईस्कुलले सिद्धबाबा माध्यमिक विद्यालयलाई सुन्यका बिरुद्ध एक गोल गरि उपाधि हासिल गरेको हो । सनिबार भएको सेमीफाइनल खेलमा रिडर्स पब्लिक हाइस्कुलले लिटिल स्टार इङ्लिस बोडिङ् स्कुललाई सुन्यका बिरुद्ध तीन गोलगरि फाइनलमा प्रवेश गरेको थियो । त्यसैगरी सिद्धबाबा माध्यमिक विद्यालयले मेहन्द्र नमुना माध्यमिक विद्यालयलाई सुन्यका बिरुद्ध एक गोल गरि फाईनलमा प्रवेश हो ।
पुलचोक स्पोर्ट्स क्लवको आयोजनामा सदरमुकाम तम्घासमा स्थीत चिदिचौर खेल मैदानमा क्लवको वार्षिकोत्सवको अवसरमा बुधबारदेखि पाँचौं पुल्चोक कप–२०८१ छात्रा फुटबल प्रतियोगिता सञ्चालन गरिएको थियो । पुल्चोक कपको उपाधिसँगै रिर्डस पब्लीक स्कुलले ३३ हजार ३३३ रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उपविजेताले सिद्धबाबा माविले २२ हजार २२२ रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । विजेता तथा उपविजेताहरुलाई रेसुङ नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरद्वारा नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
जिल्लामा खेलकुदको विकाससँगै योग्य महिला खेलाडीहरु उत्पादन गर्ने उदेश्यले क्लवले आफ्नो स्थापनादेखि जिल्लामा ठूलो राशी सहितको छात्रा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको क्ल्वका अध्यक्ष सन्तोष न्यौपानेले बताउनु भयो । चार दिनसम्म सञ्चालन भएको उक्त फुटबल प्रतियोगितामा १४ वटा विद्यालयहरुकोे सहभागीता रहेकाथियो ।