३ असार २०८२, मंगलवार
ड्यालासमा गुल्मेलीले देखाए सराय नांच ।

ड्यालास, गुल्मीबाट टेक्सासको ड्यालास वरपर बस्ने गुल्मेलीहरुले सराय नांच प्रस्तुत गरेका छन्। दशैंको बेला गुल्मीको बिभिन्न कोटहरुमा टिकाको दिनबाट पुर्णिमासम्म हुने सरायं नाच पन्चेबाजा सहित आईतबार ड्यालासमा प्रस्तुत गरेका हुन् । दिपक भण्डारी संयोजक रहेको गुल्मेली चौतारी टेक्सास नामको आयोजक संस्था बनाएर गरिएको पहिलो बनभोज कार्यक्रममा लगभग ६०० जनाको सहभागिता रहेको थियो ।
गुल्मीका कोटहरुमा हुने सरायं नाच अनि पट्टा नांच अमेरिकामा लाईभ पन्चेबाजा सहित प्रस्तुत हुंदा गुल्मीमा नै पुगेको आभाष भएको कार्यक्रममा सहभागितहरुले बताएका थिए । कार्यक्रममा सहभागी भएका गुल्मीका दोश्रो पुस्ता तथा अन्य जिल्लाबाट सहभागीहरुले गुल्मीले सराय तथा पट्टा नांचलाई चासोका साथ हेरेका थिए ।
गुल्मीका बिभिन्न ऐतिहासीक तथा धार्मिक स्थलहरुको फोटो प्रदर्शनी, भजन नांच, गुल्मी जिल्लाको क्षेत्र नम्बर १ र २ का पुरुषबिच डोरी तान्ने खेल, महिलाको तातो आलु, बाल बच्चाको नृत्य लगायतका कार्यक्रम रहेको बनभोज दिउसो १ बजेदेखी सांझ ६ बजेसम्म चलेको थियो ।
पत्रकार समेत रेका सूर्य थापाले सन्चालन गरेको कार्यक्रममा ड्यालसमा पन्चेबाजा समुह नै निर्माण गरेका गुल्मेली हरी थापाको नेृतृत्वमा सांस्कृतिक ब्यवस्थापन भएको थियो । कार्यक्रममा सहभागी लगभग ६०० जनालाई नारायण क्षेत्री, घनश्याम पोखरेल, सागर अर्याल, केशब ज्ञवाली लगायतको समुहले कार्यक्रम स्थलमै निशुल्क बनभोज गराएको थियो ।