गुल्मीमा घरेलु कार्यालयद्वारा स्थानीय तह र सरोकारवाला कार्यालसँग अन्तक्रिया

admin

२०८१ कार्तिक १३ गते, मंगलवार १८:४३ मा प्रकाशित

गुल्मी १३ कात्तिक । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा गुल्मीमा स्थानीय तह र सरोकारवाला कार्यालबीच अन्तरक्रिया तथा छलफल गरिएको छ । कार्यालयको सेवा प्रवाह सरलीकृतको लागि अन्तर तह समन्वय र सहकार्य विषयमा सदरमुकाम तम्घासमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा तिनै तहका सरकारी निकायको भूमिका, अन्यौलता, समस्या र समाधानका उपायहरुको पहिचानको विषयमा छलफल गरिएको कार्यालय घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले बताउनु भयो । उहाँले कार्यालयले प्रदान गर्ने सेवाप्रवाह र आगामी दिनमा गरिने कार्यक्रमहरुको बारेमा समेत जानकारी गराउनु भयो ।

जिल्ला स्थित स्थानीय तहका प्रमुख तथा सरोकारवाला कार्यालयहरुको सहभागिता रहेको कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयले प्रदान गर्ने सेवा प्रवाहको बारेमा आआफ्ना सुझाव तथा समस्याहरुको बारेमा सहभागिहरुबाट जिज्ञासा राखिएकोे थियो ।

कार्यक्रममा जिल्ला समन्वय समित गुल्मीका प्रमुख द्रोर्ण खत्री, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका वरिष्ठ शाखा अधिकृत नेत्र प्रसाद भुसाल, करदाता सेवा कार्यालय गुल्मीका प्रमुख बिक्रम पन्थी लगायतका व्यक्तिले कानुन तथा नीति र कर सम्बन्धी विभिन्न विषयमा जानकारी गराउनु भएको थियो । छलफल कार्यक्रमले तिनै तहका सरकारको भूमिका, अन्यौलता, समस्या र समाधानका उपायहरुको पहिचान गरेको छ ।

पछिल्लो समयमा जिल्लामा उद्योग व्यवसाय दर्ता गर्ने क्रम घट्दै गएको, जिल्लामा साना उद्योग र वाणिज्य फर्म बन्दहुने क्रम बढ्दै गएको र व्यवसायीहरुले आर्थिक मन्दीका कारण लगानी अनुसार प्रतिफल प्राप्त गर्न नसकेको लगायतका कारण व्यवसायनै बन्द गर्नु पर्ने अबस्था सृजना हुँदै बताएका छन ।