गुल्मीको रेसुङ्गा क्षेत्र स्थित गौशालामा सामुहिक गाईपुजा गरियो

admin

२०८१ कार्तिक १६ गते, शुक्रबार १६:३४ मा प्रकाशित

गुल्मी, १६ कात्तिक । लक्ष्मी पुजाको अवशरमा आज शुक्रबार गुल्मीको धार्मिक स्थल रेसुङ्गा क्षेत्र स्थित गौशालामा सामुहिक रुपमा गाई पुजा गरिएको छ । गौशालामा रहेका एक सय ८ गाईलाई पुजागरि गाईलाई नुन तथा दाना खुवाईएको थियो ।

कात्तिके औंशीको अवशरमा गाईलाई नुन खुवाउनकालागि बिहानैदेखि सयौं श्रद्धालुहरु गौशाला पुगेका थिए । गाईलाई लक्ष्मीको रुपमा मानेर गाबर्धन पुजागरि नुन, तेल, पिठो तथा फलफुलहरु खुवाईने प्रचलन रहेको छ ।

कात्तिक कृष्ण औंशीको दिन रेसुङ्गा स्थित गौंशालामा रहेका गाईलाइ पुजाआजागरि नुनतेल खुवायमा लक्ष्मीको सधैभरि घरमा बास हुने र अन्य रोग व्याधिहरुले समेत सताउँदैन भन्ने धार्मिक मान्यताका छ । त्यसै मान्यताका कारण गौशाला पुगेर गाईको पुजागर्न र नुन खुवाउनका लागि गुल्मी लगायत बाग्लुङ्, अर्घाखाँची, प्यूठान लगायत छिमेकी जिल्लाहरुवाट समेत श्रद्धालुहरु आउने गर्दछन ।

रेसुङ्गा संरक्षण समितिले २०४२ सालदेखि गौशालामा स्थानीय जातका गाईहरुको संरक्षण गरि गाईको पालन पोषण गर्दै आईरहेको छ । हिन्दु धर्मावलम्बीहरुले सदियौंदेखि गाईलाइ माताको रुपमा पुजाआजा गर्ने प्रचलन रहिआएका कारण पनि यस क्षेत्रमा गाईपुजाको विषेश महत्व रहेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभएको छ ।

रेसुङ्गा संरक्षण समितिले लक्ष्मी पुजाको अवशरमा गाई पुजाको महत्व बताउनका लागि गौशालामा गौ प्रवचन कार्यक्रम समेत सञ्चालन गरेको छ । गौ प्रवचनमा सर्वसाधारणहरुलाई गाईको महत्वको बारेमा जानकारी गराएको थियो ।

पछिल्लो समयमा गत वर्षदेखि संरक्षण समितिले श्रद्धालुहरुबाट गत वर्षदेखि दैनिक एक रुपंैंयाका दरले वार्षिक रुपमा मुष्टि दान संकलन गर्दै आएको छ । रेसुङ्गा क्षेत्रमा रहेको गौशालामा हाल दुई सय भन्दा बढी स्थानीय जातका गाईहरु रहेका छन् ।