२४ मंसिर २०८१, सोमबार
सरकार नागरिकमा देखिएको निरासा हटाउने काममा लागिपरेको छ ः उपमहासचिव ज्ञवाली
गुल्मी, २२ कात्तिक । नेकपा एमालेका केन्द्रिय उपमहासचिव प्रदिप ज्ञवालीले चार महिनाको अबधिमा सरकाले जनतामा महत्वपूर्ण कामको थालनी गरेको बताउनु भएको छ । उहाँले बिग्रिएको राजनैतिक अस्थिरतालाई अन्त्य गर्न, ओरालो लागेका अर्थतन्त्रलाई माथि उकास्न, शुसासन कार्यम गर्न र मुलुकमा राजनितीक स्थायीत्व प्रदान गर्न वर्तमान सरकार लागि परेको बताउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टि (एमाले) रेसुङ्गा नगरपालिका गुल्मीको दोस्रो नगर अधिवेशनलाई बिहिबार सदरमुकाम तम्घासमा सम्बोधन गर्दै एमाले उपमहासचिव ज्ञवालीले उक्त कुरा व्यक्त गर्नु भएको हो । उहाँले देशको राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको रक्षाका लागि सँगै लडेका दुइ ठूला पार्टिहरुले सरकारमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनु भयो । पटक पटक सरकार परिवर्तनको खेलले मुलुकमा स्थीरता बढेको, लोकतन्त्रप्रति जनतामा निरासा पैदाहुँदै जान थालको अबस्थामा मुलुकमा राजनैतिक स्थायीत्व र नागरिकमा देखिएको निरासाको बादललाई हटाउने काममा सरकार लागि परेको बताउनु भयो ।
‘नेकपा एमाले सत्तामा बस्दाहोस वा प्रतिपक्षमा, चुनाब जित्दाहोस वा हार्दा, कुर्सिमा बस्दाहोस वा भुँइमा, सधै जनताको पक्षमा काम गर्दै आईरहेको छ,’ ज्ञवालीले भन्नुभयो । उपमहासचिव ज्ञवालीले कानुनको नजरमा सबै बरावर भएको भन्दै लोकतन्त्रमा सरकारको बिरोध गर्न पाईन्छ तर कानुनका नजरमा गल्ती गर्नेलाई मात्र सजायँ हुने बताउनु भयो ।
राष्ट्रिय स्वतन्त्रपार्टि सभापति रबि लामिछाने प्रति लक्ष्छीत गर्दै नेता ज्ञवालीले कानुनले अनुषन्धानको दायरामा ल्याउँदैमा कोही पनि नआत्तिन आग्रह गर्नु भयो । रामायणमा जसरी सीताले आफनो सतित्वमाथि प्रश्न उठेपछि अग्निकुण्डमा हाम फाल्न तयार बनेर आफुलाई खरो रुपमा परिक्षण गरिन त्यसरी नै आफुलाई परिक्षण गर्न तयार हुनुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले वर्तमान समयमा एमालेलाई चारैतिरबाट घेराबन्दी गर्ने र बदनाम गर्ने प्रयत्न भैरहको औल्याउनु भयो । उहाँले सधै नकारात्मता र निराशाले देश उघो नलाग्ने भन्दै पुराना पार्टि माथि प्रश्न उठाएर देशमा नयाँ पार्टिले भ्रम पैदागरि अराजकता फैलाउन खोजेको आरोप लगाउनु भयो ।
बलियो जनाधार र दुरदृष्टि भएका पार्टिहरुलाई कमजोर बनाएर मुलुकमा अस्थिरता बढाउने प्रयत्न कदापि संभव नहुने उहाँको तर्क थियो । नेता बिष्टले पछिल्लो समयमा सरकारका बिरुद्धमा गरिएका हमलाहरुमा कुनै सत्यता नभएको समेत दावी गर्नुभएको छ ।