कालीगण्डकीमा निःशुल्क आँखा शिविरमा ११ सय भन्दा बढीले सेवा लिए 

admin

२०८१ मंसिर ५ गते, बुधबार १८:५३ मा प्रकाशित

गुल्मी, ५ मंसिर । गुल्मी, गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाले गाउँपालिका भित्रका नागरिकलाइ लक्षित गरि निशुल्क आँखा शिविर सञ्चालन गरेको छ । कालिगण्डकी गाउँपालिकाको आयोजना र बिपि नेत्र प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको ।

गाउँपालिकामा दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा ११ सय भन्दा धेरै नागरिकले सेवा गाउँपालिका अध्यक्ष बेद बहादुर थापाले जानकारी दिनुभएको छ । शिविरमा १ सय ३९ जना नागरिकको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । शिविरमा ३ सय ४० जना नागरिकलाई चश्मा र अन्य नागरिकलाइ निशुल्क औषधि बितरण गरिएको थियो ।

शिबिरमा बिपि नेत्र प्रतिष्ठान काठमाडौंका नेत्र विभाग प्रमुख डा. अर्जुन श्रेष्ठ सहितको डक्टरहरुको टोलिले शल्यक्रिया लगायतको सेवा प्रदान गरेका थिए । कालिगण्डकीका नागरिकलाई आँखा उपचारको लागि जिल्ला सदरमुकाम तम्घास आइपुग्न धेरै समय लाग्ने भएका कारण पालिकाले गाउँमै उपचारको व्यवस्था मिलाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले बताउनु भयो ।

गाउँमै पुगेर निःशुल्क शिबिरबाट आफुहरुको गुमेको दृष्टी फर्किएको भन्दै त्यस क्षेत्रका जेष्ठ नागरिकहरु यतिबेला आफैमा खुसिले दंग हुँदै घर फर्किएका छन ।