सुशीलाको पञ्चे बाजाको गीतमा ‘गुल्मी चन्द्रकोट’

admin

२०८१ पुष ५ गते, शुक्रबार ०७:११ मा प्रकाशित

’   अनिल खत्री

५ पुस, गुल्मी ।  धेरै जसो गीतहरु माया प्रेमका आउने गर्दछन् । लोक दोहोरी होस वा पञ्चे बाजाको गीत माया प्रेमकै कथा भावमा तयार हुने गर्दछन् ।

तर गायिक सुशिला गौतमको पञ्चे बाजाको गीतमा ‘गुल्मी चन्द्रकोट’ बारेमा रचिएको गीत सार्वजनिक भएको छ । गुल्मीको चन्द्रकोटका पर्यटकीय स्थल चक्रेश्वरमेला, शान्तिपुर, टिमुरे डताल, डिब्रुङ देवी मन्दिर लगायतका ठाउँहरूलाई गीतमा समावेश गरिएको छ ।

गीतले माया प्रेमका अलवा चन्द्रकोट क्षेत्रको पर्यटकीय महत्वलाई दर्शाउन खोजेको गायिक सुशिला गौतमले बताइन ।

 गायिक गौतम चन्द्रकोटको शान्तिपुरमा जन्मेर अहिले राष्ट्रिय स्तरमा लोकप्रिय गायिकाको रुपमा स्थापित भएकी छन् । आफु जन्मे हुँर्केको ठाउँको महत्वलाई गीतका माध्यबाट प्रचारप्रसार गर्ने उनको मुख्य उदेश्य रहेको छ ।

चन्द्रकोट क्षेत्रमा प्रसस्त पर्यटकीय क्षेत्र छन् । ती क्षेत्रलाई गीतका माध्यमबाट परिचित गराउने गीतको उदेश्य लिइएको गायिका गौतमको भनाइ छ ।

गीतमा चन्द्रकोट क्षेत्रसँगै आफनो मायालुको कुनैपनि खोट नभएको कथा वस्तु पाइन्छ । चन्द्रकोटलाई लक्षित गरेर छायाङ्कन गरेर गीतको भिडियो तयार पारिएको छ ।

मंसिर महिनाको अन्तिम साता सार्वजनिक भएको गीत यतिबेला सामाजिक संजालमा चर्चामा रहेको छ । गीतमा गायक रबिन लामिछाने को शब्द ईश्वर सिंहको संगित रहेको छ ।

   गायिका सुशिला गौतम र गायक रेशम निर्दोषको आवाज रहेको छ । गीत सुशिला गौतम अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको छ ।

गीतको पूरा भिडियो ।