३ चैत्र २०८१, सोमबार
गुल्मीमा आगो ताप्ने क्रममा बृद्धको मृत्यु

अनिल खत्री
३० माघ, गुल्मी । गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक जना बृद्धको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर- ७ वाग्ला बस्ने ८०वर्षका इन्द्रलाल गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डिएसपी ) चिरञ्जीवी दाहालले बताउनुभयो ।
गिरीले आफ्नै घरमा आगो ताप्ने क्रममा जलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रामकुमार थापाको कमान्डमा प्रहरी खटिएको छ ।
मृतक गिरीको घर परिवारमा उनी र भाई मात्र रहेको प्रहरीले जनाएको छ ।