गुल्मीकी रबिना मिस्टर एण्ड मिस नेशनल नेपालको सिजन ४ को प्रतिस्पर्धीमा

admin

२०८२ बैशाख २१ गते, आईतवार ०९:०९ मा प्रकाशित

गुल्मी, २१ वैशाख

नेपालमा पछिल्लो समयमी सौन्दर्य प्रतियोगिता आयोजना गर्ने संख्या बढिरहेको छ । यसै सन्दर्भमा चौंथो संस्करणको ‘मिस्टर एण्ड मिस नेशनल नेपाल’ प्रतियोगिता सनेत सञ्चालन भैरहेको छ ।

सनुर्वी इन्टरनेसनलको आयोजनामा यो प्रतियोगिता सञ्चालन भइरहेको हो । ‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२५’ को मुख्य प्रायोजक नोभेम्बर क्लोथिङ रहेको छ। मिस्टर एन्ड मिस नेशनलभित्र ६ वटा अन्तराष्ट्रिय फ्रेन्चाइज छन्। मिस सुप्रा नेशनल, मिस ग्लोब नेपाल, मिस्टर सुप्रा नेशनल, मिस इन्टरकन्टिनेन्टल, मिस्टर इन्टरनेशनल, मिस्टर टुरिजम वल्र्ड रहेका छन्। जुन मिस्टर एण्ड मिस नेशनल नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता हो।

उक्त प्रतियोगितामा गुल्मीको इस्मा गाउँपालिका वडा नं.२ रातडाँडा निवासी रबिना जिसी पनि  मिस्टर एण्ड मिस नेशनल नेपालको सिजन ४ मा प्रतिस्पर्धी बन्नुभएको छ ।  यो सिजनमा अहिले १३ जना कनटेस्टेन्ट फाइनल राउण्डमा प्रतिस्पर्धा गर्दैछन् । मे ७ मा प्रज्ञा भवन कमलादी काठमाण्डौंमा फाइनल हुन लागेकाले आफुलाई खल्ती एप मार्फत भोट गरी विजय बनाउन जिसिले सबैमा आग्रह गर्नु भएको छ।

यसअघि मिस्टर एण्ड मिस नेशनल २०२४ प्रतियोगितामा सजिना खनाल मिस सुप्रा नेशनल र धीरजकाजी बस्नेत मिस्टर सुप्रा नेशनल बनेका थिए। त्यस्तै, मिस ग्लोब नेपाल मोनिका अधिकारी, मिस इन्टरकन्टिनेन्टल नेपाल आयुष्नोभा ढुंगाना, क्षितिज श्रेष्ठ क्षेत्री मिस्टर इन्टरनेशनल नेपाल र मिलन भट्टराई मिस्टर टुरिजम वर्लड बन्नु भएको थियो ।