गुल्मीमा क्यान्सर पीडित थापालाई सहयोग

admin

२०८२ बैशाख २३ गते, मंगलवार १२:३९ मा प्रकाशित

गुल्मी, २३ वैशाख । गुल्मीमा एक जना क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । रेसुंगा नगरपालिका वडा नं.८ की क्यान्सर पीडित लक्ष्मी थापालाई रु.४५ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । परिवारको आर्थिक अवस्था कमजोर भएपछि थापाले उपचारका लागि आर्थिक सहयोगको लागि आग्रह गर्नुभएको छ ।

चेम्बर अफ कमर्श गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले क्यान्सर पीडित थापाका बुबा मन बहादुर गाहालाई रु ४५ हजार रुपैयाँ नगद हस्तान्तरण गर्नुभएको हो । क्यान्सरको उपचार अत्यन्तै महंगो पर्न जाने भएकाले थोरै भए पनि राहत होस् भन्ने उद्देश्यका साथ क्यान्सर पीडित थापाको उपचारका लागि आर्थिक सहयोग गरेको पाण्डेयले बताउनुभयो । परिवारजनले क्यान्सर पीडित थापाको उपचारमा आर्थिक सहयोगका लागि आग्रह गर्नु भएको छ ।

क्यान्सर पीडित लक्ष्मी बचाउ अभीयान सहयोगार्थ अभियान अन्तरगत उक्त रकम संकलन गरिएको सहयोग संकलन अभियानका सदस्य राजु पाण्डेले बताउनु भयो !