३ असार २०८२, मंगलवार
मुसिकोट र जापानको बुङ्गोओन नगरबिच मैत्रीपूर्ण सहयोग सम्झौता

रेसुङ्गा समाचारदाता
गुल्मी, १४ जेठ । गुल्मीको मुसिकोट नगरपालिका र जापानको आईता प्रान्त स्थित बुङ्गो ओनो नगरपालिका बिच मैत्रीपूर्ण सहयोग आदान–प्रदान गर्ने सम्झौता गरिएको छ । मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेल ‘जीवन’ र जापानको बुङ्गोओना नगरका मेयर कावानो फुमितोसी बिच संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
मुसिकोट र जापानको बुङ्गो ओनो नगरपालिका बीच गत वर्ष मुसिकोट नगरपािलकामा आयोजित एक कार्यक्रममा भगिनी सम्वन्ध बिस्तार भइसकेको थियो । दुई नगरपालीका बिच कृषि, पर्यटन, शिक्षा, संस्कृति लगायतका क्षेत्रमा हयोग पुग्ने गरी समझ्दारी पत्रमा हस्ताक्षर भएको मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल ‘जीवन’ले जानकारी दिनु भया । नगर प्रमुख खरेलले मुसिकोट नगरपालिकाले यो महत्वपूर्ण अवसरलाई आगामी दिनमा थप उपलब्धि मूलक बनाउँदै अघि बढ्ने बताउनु भयो ।
जापानमा आयोजित एक कार्यक्रममा बुङ्गो ओनो नगरका प्रमुख कावानो फुमितोसीले दुई नगरको नयाँ सम्बन्ध र सहकार्यले दुवै देशको अर्थतन्त्र र पर्यटन विकासमा महत्वूर्ण सहयोग पुग्ने बताउनु भयो । मुसिकोट जन्मिएर जापानमा व्यावसाय गर्दै कर्मथलो बनाउँदै आउनु भएका युवा व्यवसायी एवं समाजसेवी रोशन केसीले दुई देश बिचमा भगिनी सम्बन्ध बिस्तारका लागि ठूलो भूमिका निर्बाह गर्नुभएको थियो । उहाँले जापानको बुङ्गो ओनो नगरले पाँचौ स्थानीय तहको रुपमा मुसिकोट नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गरेको बताउनु भयो ।
गतबर्ष मुसिकोट नगर र आईता प्रान्त बुङ्गो ओनो नगरपालिकाका जनप्रतिनिधीबिच सद्भावनापूर्ण भेटघाट र समझ्दारी पत्रमा हस्ताक्षर भएको थियो । भगिनी सम्बन्ध बिस्तारको लागि जापानको बुङ्गोओनो नगरका प्रमुख फुमितोसी काबानोको नेतृत्वमा पाँच सदस्यीय टोली मुसिकोट आएको थियो । अहिले नेपालको तर्फबाट मुसिकोट नगरपालिकाका प्रमुख खरेललाई बुङ्गो ओनो नगरले जापानमा कार्यक्रमका लागि निमन्त्रणा गरेको थियो ।
गत बर्ष नेपाल आएको बेला मुसिकोट र बुङ्गो ओनो नगरबिचको सहमति पत्रमा हस्ताक्षर गर्दै बुङ्गो ओनो नगरका प्रमुख फुमितोसी खबानोले मुसिकोटमा कृषि क्षेत्रको विकास आवश्यक रहेको भन्दै आफुहरु त्यस क्षेत्रमा लगानी गर्नको लागि इच्छुक रहेको बताउनु भएको थियो ।