३ असार २०८२, मंगलवार
जापान भ्रमणमा रहनु भएका मुसिकोटका नगर प्रमुखलाई गुल्मेली समाज जापानद्वारा सम्मान

रेसुङ्गा समाचारदाता जापान (टोकीयो) १६ जेठ । गुल्मेली समाज जापानद्वारा जापान भ्रमणमा रहनु भएका मुसिकोट नगरपालका प्रमुख जिवलाल खरेल जिवनलाई सम्मान गरिएको छ । गुल्मेली समाज जापानको मुख्य आयोजना एवं मुसिकोटबाट जापानमा रहेका ९ वटै वडाका विभिन्न संघसंस्थाहरुको सहआयोजनामा नगर प्रमखुलाई सम्मान गरिएको हो ।
जापानको आईता प्रान्त स्थीत बुंगो ओनो नगरपालिकाको निमन्त्रणामा नेपालदेखि जापान भ्रमणमा आउनु भएका नगर प्रमुख खरेललाई समाजको तर्फबाट स्वागत गर्दै उहाँलाई सम्मान गरिएको हो। सोही अवशरमा टोकियो सिनओकुवोमा नगर प्रमुखसँग अन्तरक्रिया तथा भेटघाट एवं डिनर कार्यक्रम समेत आयोजना गरिएको थियो ।
गुल्मेली समाज जापानका अध्यक्ष एवं समाजसेवी महेन्द्र कुमार अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले मुसिकोट नगरको विकासमा चासो व्यक्त गर्दै सिँगो मुसिकोटलाई कसरी संबृद्ध बनाउने भन्ने विषयमा गहन रुपमा छलफल समेत गरिएको गुल्मेली समाज जापानका प्रवक्ता एवं वामी सेवा समिति जापानका अध्यक्ष दिलीप थापाले बताउनु भयो ।
सम्मान कार्यक्रममा प्रमुख अतिथी समेत रहनु भएका नगर प्रमुख खरेलले आफु मुसिकोटको संमृद्धि र विकासमा लागि परिरहेको भन्दै उक्त कार्यमा मुसिकोटवासीहरुको सहयोग एवं सकारात्मक सुझावको अपेक्षा गरेको बताउनु भएको थियो । कार्यक्रममा गुल्मेली समाज जापान सहित विभिन्न संघसंस्थाहरुको तर्फबाट संयुक्तरुपमा विशेष सम्मान प्रदान गरिएको थियो । उक्त कार्यक्रममा नगर प्रमुखवाट गुल्मी मुसिकोट नौमती पञ्चेबाजा समुहलाई आफ्नो कला र संस्कृतिको संरक्षणमा पुरायको योगदानको कदर गर्दै विशेष सम्मान व्यक्त गर्नु भएको थियो । सोही अवशरमा नेपालवाट जापान भ्रमणमा रहनु भएका अभिभावकहरुलाई पनि समाजको तर्फबाट सम्मान गरिएको थियो ।
सोही अवशरमा भर्खरमात्र मुसिकोट नगरपालिका र जापानको बुंगो ओनो नगरपालिका बीच भागिनी सम्बन्ध स्थापित गराउन विशेष भुमिका निर्वाह गर्नुहुने एनआरएनए जापानका पुर्व अध्यक्ष एंव समाजसेवी व्यक्तित्व रोशन केसीलाई कार्यक्रममा धन्यवाद पत्र प्रदान गरिएको थियो । कार्यक्रममा गुल्मेली समाज जापानसँगै मुसिकोटबाट जापानमा रहेका ११ वटा विभिन्न संघसंस्था र मुसिकोट नगरपालिका बिच १४ बुँदे सम्झौता पत्रमा हस्ताक्षर समेत गरिएको छ ।
मुसिकोट नगरपालिकाको तर्फबाट नगरप्रमुख जीवलाल खरेल जीवन र गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीद्वारा संयुक्त रुपमा हस्ताक्ष गरिएको उक्त सम्झौता पत्रमा दुबै पक्षले आफ्नो जन्भूमीको उत्थान र विकासको लागि आगामी दिनमा लगानीमैत्री बातावरण बनाउँदै सहयोग र सहकार्य गर्दै अघि बढ्ने उल्लेख गरिएको गुल्मेली समाज जापानका प्रवक्ता थापाले बताउनु भयो । सम्मान कार्यक्रममा प्रमुख अतिथी समेत रहनु भएका नगर प्रमुख खरेलले आफु मुसिकोटको संमृद्धि र विकासमा लागि परिरहेको भन्दै उक्त कार्यमा मुसिकोटवासीहरुको सहयोग एवं सकारात्मक सुझावको अपेक्षा गरेको बताउनु भएको थियो । कार्यक्रममा गुल्मेली समाज जापान सहित विभिन्न संघसंस्थाहरुको तर्फबाट संयुक्तरुपमा विशेष सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा नगर प्रमुखवाट गुल्मी मुसिकोट नौमती पञ्चेबाजा समुहलाई आफ्नो कला र संस्कृतिको संरक्षणमा पुरायको योगदानको कदर गर्दै विशेष सम्मान व्यक्त गर्नु भएको थियो । सोही अवशरमा नेपालवाट जापान भ्रमणमा रहनु भएका अभिभावकहरुलाई पनि समाजको तर्फबाट सम्मान गरिएको थियो । सोही अवशरमा भर्खरमात्र मुसिकोट नगरपालिका र जापानको बुंगो ओनो नगरपालिका बीच भागिनी सम्बन्ध स्थापित गराउन विशेष भुमिका निर्वाह गर्नुहुने एनआरएनए जापानका पुर्व अध्यक्ष एंव समाजसेवी व्यक्तित्व रोशन केसीलीई पनि कार्यक्रममा धन्यवाद पत्र प्रदान गरिएको थियो ।
स्वागत तथा सम्मान कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष नविन निउरे, उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ, सुभास लामिछाने, महासचिव टीकाराम खरेल, गुल्मेली समाज जापानका संस्थापक अध्यक्ष बाबुराम भण्डारी, पुर्व अध्यक्ष शालिकराम भण्डारी, सस्थापक सचिब कुलचन्द्र खरेल सल्लाहकारहरु शुरेस केसी, किसन शर्मा, बुद्ध रायमाझी, देवी अर्याल, शंकर सापकोटा, बिष्णु प्रसाद सापकोटा , इश्वरी सापकोटा, राम प्रसाद गौतम, मुसिकोट नगरपालिकाका ९ वटै वार्डका विभिन्न संघसंस्थाका अध्यक्ष एंव पदाधिकारीहरु लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।
सचिब कामना भण्डारीको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमको सञ्चालन गुल्मेली समाज जापानका प्रवक्ता दिलीप थापाले गर्नु भएको थियो ।