गुल्मीकी ईभा घिमिरे Acting Star Nepal को Top 10 मा पर्न सफल बनिन् 

admin

२०८२ श्रावण २६ गते, आईतवार १५:५३ मा प्रकाशित

गुल्मी २५ साउन । गुल्मी मुसिकोट नगरपालिका–२ निवासी ईभा घिमिरे राष्ट्रिय स्तरको टेलिभिजन रियालिटी शो Acting Star Nepal को Top 10 मा पर्न सफल भएकी छिन्। उनको यो उपलब्धि केवल उनको व्यक्ति सफलता मात्र नभई सम्पूर्ण गुल्मी र देशकै लागि पनि एउटा प्रेरणादायी बनेको छ।

उनको सफलताको लागि अबको यात्रा अझै चुनौतीपूर्ण रहने भएको कारण उनले आफ्नो यात्रमा निरन्तर सहयोग र समर्थनका लागि भोटको आग्रह गरेकी छन्।

उनलाई भोट गर्नका लागि OSR Connect एप डाउनलोड गरी Email ID वा फोन नम्बरबाट Login गर्नुपर्ने हुन्छ । त्यसपछि Acting Star Nepal खण्डमा प्रवेश गरी प्रतियोगीहरू मध्यबाट “Eva Ghimire” मा छ

क्लिक गरी e-Sewa वा Khalti मार्फत भोट गर्न सकिन्छ।

विदेशमा रहनुभएकाहरूका लागि पनि Cinemaghar एपमार्फत अन्तर्राष्ट्रिय भोटिङको व्यवस्था गरिएको छ। त्यसैगरी यदि एपमा समस्या आएमा e-Sewa वा Global IME Bank मार्फत पनि सहयोग गर्न सकिने जानकारी पनि दिइएको छ।

“तपाईंहरूको एक भोटले मेरो अभिनयको यात्रा अझ सशक्त र प्रेरणादायी बन्न सक्छ। तपाईंहरूको साथ र विश्वासमै म अगाडि बढ्दै छु” ईभाले भनिन् ।