नेपाली काँग्रेस मुसिकोट नगर समितिद्वारा मुसिकोट नगरपालिकाको गतिविधिप्रति आपत्ति

admin

२०८२ श्रावण २६ गते, आईतवार १५:५६ मा प्रकाशित

गुल्मी २५ साउन । नेपाली कांग्रेस मुसिकोट नगर समितिले हालै नगरपालिकामा देखिएका केही गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । नगर समितिले आईतबार प्रेस विज्ञप्ति मार्फत पार्टीले स्थानीय सरकारले जनताको विश्वास र कानूनी प्रक्रियाको मर्यादा उल्लङ्घन गरेको आरोप लगाएको छ ।

विज्ञप्तीमा अनाधिकृत व्यक्तिबाट बजेट निर्माण गर्ने, कानुन विपरीत कार्य गर्ने तथा त्यसबारे प्रश्न उठाउने जनप्रतिनिधि वा व्यक्तिहरूलाई मुद्धा दायर गर्ने र अनुशासनको कार्वाही गर्नेे जस्ता गतिविधि गरेको आरोप लगाएको छ ।

प्रेस विज्ञप्तिमा यस्ता प्रकारका कार्यहरूले मुसिकोटको स्थानीय सरकार गलत बाटोमा हिँडिरहेको जनाउँदै नेपाली काँग्रेस मुसिकोट नगर समितिले यसप्रति घोर विरोध रहेको जनाएको छ । नगरले यसअघि नै यस विषयमा नगरपालिकामा ज्ञापनपत्र बुझाईसकेको जनाएको छ ।

पार्टी नगर सभापति झविलाल भण्डारी र सचिव तेजिन्द्र जीसीद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा थप संघर्षका कार्यक्रमहरू तय गरिने उल्लेख गरिएको छ । नगरपालिकामा उठेका तमाम विकृतिहरू रोक्न मुसिकोट काँग्रेस पछि नपर्ने भन्दै पार्टीका कार्यकर्ता र नगरवासीलाई यसको विरुद्धमा संघर्षका लागि तयारी अबस्थामा रहन समेत विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।