२ चैत्र २०८२, सोमबार
गुल्मी उद्योग वाणिज्य संघद्वारा नयाँ कर अधिकृतलाइ स्वागत
तम्घास, गुल्मी।
गुल्मी उद्योग वाणिज्य संघले सोमबार एक विशेष समारोहका बीच गुल्मी कर कार्यालयमा हालै कार्यभार सम्हाल्नुभएका नयाँ कर अधिकृत श्री बिमल घर्ती मगरलाई स्वागत गरेको छ।
कार्यक्रमको सभापतित्व संघका अध्यक्ष श्री मृगेन्द्रप्रसाद श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव श्री चेतनारायण पाण्डेले गर्नुभएको थियो। स्वागत मन्तव्य संघका उपाध्यक्ष श्री ताराप्रसाद भुसालले प्रस्तुत गर्नुभएको थियो।
स्वागत मन्तव्यका क्रममा उपाध्यक्ष भुसालले कर प्रशासन र उद्योग व्यवसायबीचको सम्बन्ध आपसी विश्वास, पारदर्शिता र सहकार्यमा आधारित हुनुपर्नेमा जोड दिँदै नयाँ अधिकृतज्यूको आगमनले जिल्लामा उद्योगी व्यवसायीमैत्री वातावरण सृजना हुने विश्वास व्यक्त गर्नुभयो।
त्यस अवसरमा नयाँ कर अधिकृत श्री बिमल घर्ती मगरले उद्योग व्यवसाय समुदायसँग सहकार्य गर्दै कर प्रशासनलाई अझ सहज, पारदर्शी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले उद्योगी व्यवसायीहरूको सहकार्य र सुझावले कर प्रशासनलाई अझ सुदृढ र उत्तरदायी बनाउन मद्दत पुर्याउने विश्वास पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा संघका पदाधिकारी, उद्योगी व्यवसायी, मिडिया प्रतिनिधि तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा संघका अध्यक्ष श्री मृगेन्द्रप्रसाद श्रेष्ठले अधिकृत घर्ती मगरलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा संघ र कर कार्यालयबीचको सहकार्य अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो।

