१८ बैशाख २०८३, शुक्रबार
गुल्मीमा सडक मापदण्डभित्र पर्ने घर टहरा हटाउन आग्रह
गुल्मी, २१ कात्तिक । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले सडक मापदण्डभित्र पर्ने घर टहरा हटाउन सम्बन्धित स्थानीय बासिन्दाहरुलाई अनुरोध गरेको छ । मदनभण्डारी राजमार्गको रुरुक्षेत्र अन्तर्गत सडकखण्डमा मापदण्डभित्र पर्ने घर टहरा, पसल लगायतका संरचनाहरुले सडक निर्माणको काममा अवरोध पु¥याइरहेको भन्दै गाउँपालिकाले उक्त संरचना हटाइ सार्वजनिक रुपमा सूचना जारी गरेको छ ।
उक्त सडक स्तरोन्नती कार्य सहज र प्रभावकारी बनाउन रुरुक्षेत्र गाउँपालिकाको वडा नं. १ को रिडी बजार, वडा नं. ३ को पानीटंकी क्षेत्र तथा वडा नं. ४ अन्तर्गत आमपोखरा र बलेटक्सार बजार क्षेत्रमा सडकको मापदण्ड भित्र पर्ने घरटहरा लगायतका संरचनाहरु हटाउन सार्वजनिक रुपमा सूचना गरिएको जारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो ।
गाउँपालिकाका अनुसार सडक छेउँछाउँका संरचनाहरु समयमा नहटाउँदा धुलोका कारण स्थानीय बासिन्दा प्रभावितहुने, निर्माण कार्यमा ढिलाईहुने र क्षतिपूर्ति उपलब्ध गराउने काममा समेत ढिलाई हुनसक्ने भन्दै उक्त कार्यमा सहयोग गर्न स्थानीयलाई गाउँपालकाले आग्रह गरेको हो ।
पालिकाले बजार क्षेत्रमा रहेका संरचना हटाउने कममा आवश्यक सहजीकरणका लागि उद्योग वाणिज्य संघहरुलाई आग्रह समेत गरेको छ । रुरुक्षेत्र गाउँपालिकाको रिडीदेखि गुल्मीदरबार गाउँपालिकाको रुन्खादहसम्म २५ किलोमिटर खण्डमा दु्रत गतिमा सडक स्तरोन्नती गर्नेे काम भैरहेको मदनभण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका सूचना अधिकारी एवं इन्जिनियर हुमनाथ पौडेलले जानकारी भएको छ ।

