राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले सॅास्कृतिक कार्यक्रमसहित अधिबेशन गर्ने 

admin

२०८२ कार्तिक २३ गते, शनिबार ०६:२९ मा प्रकाशित

 

गुल्मी :

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति गुल्मी आठौं जिल्ला अधिवेशन सनिबार सदरमुकाम तम्घासमा हुनेभएको छ । प्रतिष्ठानको आगामी कार्यकालको लागि कात्तिक २२ गते आठौं जिल्ला अधिवेशनको क्रममा सर्वसम्मत नेतृत्व चयन र साँस्कृतिक कार्यक्रमको तयारीमा जुटेको छ । प्रतिष्ठानको आगामी कार्यकालको लागि कात्तिक २२ गते आठौं जिल्ला अधिवेशनको आयोजना गरिएको छ । लोक दोहोरी गायिका शिलु भट्टराईको नेतृत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति गुल्मीको नेतृत्व रहेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति गुल्मीका पुर्व अध्यक्ष जनक पन्थका अनुसार अहिलेसम्म बर्तमान प्रथम उपाध्यक्ष मोहन बस्नेत, कोषाध्यक्ष लोकेन्द्र कुँवर र पुर्व कोषाध्यक्ष हरि खत्रीले नेतृत्वमा आशा देखाएकाले संगठनको बिधी, प्रक्रिया र आवश्यकताको आधारमा नेतृत्वको चयनहुने बताउनुभयो । तम्घासमा पत्रकार सम्मेलन मार्फत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति अध्यक्ष शिलु भट्टराईले अधिवेशनको बारेमा जानकारी गराउनु भएको थियो ।

आगामी २२ गते बृहत साँस्कृतिक कार्यक्रम गर्ने, पुर्व सन्ध्यामा बिरामीलाई फलफूल वितरण र सरसफाईसहितका कार्यक्रम आयोजना गरिएको भट्टराईले बताउनुभयो । अधिवेशनको अवसरमा बिगतदेखि गर्दै आएको उत्कृष्ट सदस्यलाई सम्मान र उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गर्ने राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानले जनाएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति गुल्मीका पूर्वअध्यक्ष खुम खत्रीले जिल्लाको कलासँस्कृतिको संरक्षण, ग्रामीण भेगमा रहेका प्रतिभाहरुलाई प्रतिष्ठानमा जोड्दै लैजाने, स्रष्टाहरुको सम्मानलाई निरन्तरता दिँदै मेला महोत्सवहरुलाई गुल्मेली सँस्कृतिमय बनाउनुनै अवको नेतृत्वको मुख्य कार्यभार रहेको बताउनुभयो । उहाँले प्रतिष्ठानले गर्न पर्ने थुप्रै कामहरु भएकाले योजनावद्ध रुपमा अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

अधिवेशनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपाध्यक्ष तथा राष्ट्रिय कलाकार पुस्कल शर्मासहितका डेढ दर्जन कलाकारहरुको सांगीतिक प्रस्तुती रहने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति गुल्मीका प्रथम उपाध्यक्ष मोहन बस्नेतले जानकारी दिनुभयो । तम्घासको लाँकुरीमञ्चमा सञ्चालनहुने साँस्कृतिक कार्यक्रम निशुल्क रूपमा अवलोकन गर्न पाइने बताईएको छ ।