२७ बैशाख २०८३, आईतवार
बुटवल हस्पिटलले गुल्मेली कलाकारलाइ २५ प्रतिशत छुटमा उपचार गर्ने
गुल्मी, २७ मंसिर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले बुटवल हस्पिटल प्रालीसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीमा आवद्ध कार्य समिति एवं आजिवन सदस्यको उपचारमा २५ प्रतिशत छुट दिने सम्झौता भएकोे छ ।
बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्न प्रसाद पौडेल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष मोहन बस्नेत बिच उपचार सहुलियत सम्झौता पत्रमा हस्ताक्षर भएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले शुक्रबार सदरमुकाम तम्घासमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त सम्झौताले प्रतिष्ठानका कार्यसमिति सदस्य र आजिवन सदस्यलाई ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष बस्नेतले बताए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बस्नेतका अनुसार आर्थिक अबस्था र रोग हेरेर निशुल्क उपचारसम्मको योजना रहेको बताईएको छ । बुटवल हस्पिटल प्रालिले औषधिमा समेत दश प्रतिशत छुट दिने सम्झौतामा उल्लेख गरिएको छ ।

