नयाँ नेपाली गीत ‘कुर्छु बाटैमा’ सार्वजनिक

admin

२०८२ पुष ११ गते, शुक्रबार १२:३१ मा प्रकाशित

 

गुल्मी पौष ९,

नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘कुर्छु बाटैमा’ सार्वजनिक भएको छ। गीतमा गायक गणेश अधिकारी र देवी घर्तीको सुमधुर स्वर सुन्न सकिन्छ।

गीतका शब्द सुनील केसीले लेखेका हुन् भने संगीत गणेश अधिकारीकै रहेको छ। म्युजिक भिडियोमा गणेश अधिकारी र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ।

उक्त गीतको म्युजिक भिडियो योगसना डिजिटल (Yogsana Digital) को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। मौलिक शब्द, कर्णप्रिय संगीत र आकर्षक भिडियोका कारण ‘कुर्चुकुर्छु बाटैमा ’ दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

 

https://youtu.be/MfUleX_VSNA?si=lvjKrr_HdkmUdJdY