६ जेष्ठ २०८३, बुधबार
अध्यक्ष कपको अवशरमा बिद्यार्थी, बिद्यालय र खेलाडी सम्मान
गुल्मी, ६ जेठ ।चौथो अध्यक्ष कपको अवशरमा गुल्मीको चन्द्रकोट गाउँपालिकाले बिद्यार्थी, बिद्यालय र खेलाडीलाई सम्मान गरेको छ । एसइई परीक्षामा चार जीपिए प्राप्त गर्ने शारदा मावि चन्द्रकोट गाउँपालिका–१ सराङ्की रितिका गौतमलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको चन्द्रकोट गाउँपालिकाका सहायक शिक्षा अधिकृत दिपेन्द्र जिसीले जानकारी दिनुभएको छ ।
त्यस्तै चन्द्रकोटका पाँच बिद्यालयलाई पनि सम्मान गरिएको छ । सामुदायिक बिद्यालय तर्फ शारदा मावि सराङ्, शारदा मावि अर्जेवा ग्वाघा माविलाई सम्मान गरिएको हो । यसैगरी संस्थागत बिद्यालय तर्फ चक्रेश्वर इङ्ग्लिस बोर्डिङ्ग स्कुल र भानु इङ्ग्लिस बोर्डिङ्ग स्कुललाई सम्मान गरिएको छ ।
एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक र संस्थागत बिद्यालयलाई सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण चालिसेले जानकारी दिनुभयो । चौथो अध्यक्षकप भलिवल प्रतियोगीताको अवसरमा एनभिए कपमा सहभागी खेलाडी विशन रनपाल, प्रतिक सुनार र दिपक कामीलाई सम्मान गरेको छ ।
भर्खरै सम्पन्न भएको १६ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीतामा चन्द्रकोट गाउँपालिकाले दोस्रो स्थान प्राप्त गरेको थियो । छात्र भलिवलमा चन्द्रकोट प्रथम भएको थियो ।

