तेश्रो पटक अध्यक्ष कपको उपाधी चुम्दै तुराङ् 

admin

२०८३ जेष्ठ ६ गते, बुधबार २०:०५ मा प्रकाशित

गुल्मी, ६ जेठ । गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको ‘चौथो अध्यक्ष कप पुरुष भलिवल प्रतियोगीताको उपाधी चन्द्रकोट गाउँपालिका–८ तुराङ्ले जितेको छ । वडा नं २ बिसुखर्कलाई पराजित गरेर तुराङ्ले उपाधी हात पारेको हो । प्रतियोगिताको उपबिजेता बिसुखर्क र तृतीय स्थान वडा नं ५ ग्वाघाले प्राप्त गरेको छ ।

त्यस्तै महिला भलिवल प्रतियोगीताको उपाधी चन्द्रकोट गाउँपालिका वडा नं २ बिसुखर्कले जितेको छ । बिसुखर्कले चन्द्रकोट गाउँपालिका वडा नं ४ शान्तिपुरलाईलाई पराजित गर्दै कप हात पारेको हो । शान्तिपुर उपबिजेता र तृतीय चन्द्रकोट गाउँपालिका वडा नं ८ तुराङ्ग भएको छ । पुरुष भलिबल तर्फ बिजेताले ६५ हजार, उपबिजेताले ४० हजार र तृतीयले लाई ३० हजार रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्रको व्यवस्था पालिकाले गरेको छ ।

त्यसैगरी महिला भलिबल प्रतियोगितामा बिजेताले ३५ हजार, उपबिजेताले २५ हजार र तृतीय समुहले १५ हजार रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको चन्द्रकोट गाउँपालिकाका सूचना अधिकारी शिव ज्ञवालीले जानकारी दिनुभएको छ् ।

प्रतियोगीतामा उत्कृष्ट खेलाडीहरुलाई चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसी, उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद चालिसे सम्मान गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष केसीले खेल अनुशासन र पहिचानका हिसाबले निकै महत्वपूर्ण भएकाले बर्सेनी आयोजना गर्दै आएको बताउनुभयो ।

युवाहरुको खेलप्रतिको रुची बढाउने, खेलाडीहरुको प्रतिभा पहिचान र खेल क्षेत्रको विकासका लागि अध्यक्ष कपसहितका अरु प्रतियोगीता सञ्चालन, संरचना निर्माण र प्रोत्साहनमा गाउँपालिकाले काम गरेको केसीले बताउनुभयो ।