रुरू रेसुङ्गा दरबार जागरुक ग्रुप जापानद्वारा बाढी पीडितका लागि सहयोग

admin

२०८३ आश्विन १ गते, बिहीबार १९:४७ मा प्रकाशित

जापान, १ असोज । जापानमा सक्रिय सामाजिक संस्था रुरू रेसुङ्गा दरबार जागरुक ग्रुप जापानले नेपालका बाढी–पहिरो प्रभावित परिवारहरूको सहयोगार्थ सङ्कलन गरेको राहत रकम नेपाल सरकारको आधिकारिक कोषमा जम्मा गरेको छ।

ग्रुपले सञ्चालन गरेको “राहत सङ्कलन अभियान” मार्फत सङ्कलित कुल २,४४,६०० जापानी येन अर्थात २ लाख ३९ हजार ९ सय ५२ नेपाली रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको रुरु रेसुङ्गा दरबार जागरुक समूहका संयोजक लालबहादुर कार्कीले बताउनुभयो।

“हाम्रो सानो सहयोगले पनि विपद्मा परेका परिवारलाई हौसला मिल्नेछ” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त अभियानमा जापानमा रहेका गुल्मेलीहरू सहितका नेपालीहरूले आर्थिक सहयोग गरेका थिए।

राहत रकम कोषमा सहयोग रकम दाखिला गरिएसँगै संस्थाका संयोजक कार्कीले अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ।