अविरल वर्षासँगै गुल्मीमा जनजीवन प्रभावित बाढी र पहिरोले २४१ घर उच्च जोखिममा, करोडौंको क्षती

admin

२०८३ आश्विन ११ गते, आईतवार २०:२५ मा प्रकाशित

गुल्मी, ११ असोज । पाँच दिनदेखिको अविरल वर्षासँगै गुल्मीका कालीगण्डकी र बडीगाड नदीमा आएको भीषण बाढी तथा विभिन्न स्थानमा गएको पहिरोका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । बाढी, पहिरो र डुवानकाका कारण ग्राणिण वस्ती, नदी तथा खोला तटीय क्षेत्रका बस्ती, बजार, सडक तथा सार्वजनिक संरचनामा ठूलो क्षती पुग्नुका साथै उच्च जोखिममा परेका छन् ।

रुरुक्षेत्र गाउँपालिकाको रिडी र आसपासका क्षेत्रमा कालीगण्डकी नदीको बहाव उच्च हुँदा तटीय क्षेत्र डुबानमा परेका छन् । स्थानीय सुन्दर कसजुका अनुसार कालीगण्डकी र बडीगाड खोलामा विसं २०६५ पछिकै ठूलो बाढी आएको हो । बाढीका कारण कालीगण्डकी करिडोरको करिब एक किलोमिटर सडक, खेलमैदान, शवदाह गृह, प्रतीक्षालय तथा कभर्ड हल, ग्यारेज लगायत संरचना डुबानमा परेका छन् ।

Screenshot

गुल्मी, पाल्पा र स्याङ्जाको संगम स्थलमा रहेको तिनमुखे पुलको सतहसम्म बाढीको पानी पुगेको छ । ऐतिहासिक तथा धार्मिक महत्वको ऋषिकेश मन्दिर परिशर क्षेत्रसमेत डुबानमा परेपछि मन्दिर समेत जोखिममा परेको छ ।

रुद्रवेणी क्षेत्रमा पनि बाढीको प्रभाव बढेको छ । रुद्रवेणी स्थित पक्की पुलमाथिबाटै बाढी पस्नुका साथै आसपासको बजार डुबानमा परेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ सरेका छन् । बाढीको जोखिमलाई मध्यनजर गर्दै रुद्रवेणी स्थित वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई समेत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

यस्तै बडीगाड खोलामा आएको बाढीका कारण उर्लीखोला, चोरकाटे र भुवाचिदी, साहघाट लगायत तटीय बजार क्षेत्र प्रभावित भएका छन् । नदी तथा खोला किनारका बासिन्दा सुरक्षित स्थानतर्फ सरेका छन् भने स्थानीयवासी बाढीको अवस्थाबारे त्रसित हुँदै निगरानी गरिरहेका छन् ।

बाढी, पहिरो तथा सडक भासिएका कारण जिल्लाका प्रमुख सडकसमेत अवरुद्ध भएका छन् । कालीगण्डकी करिडोर पाँचदिनदेखि अवरुघ बनेको छ । रिडी–वामीटक्सार सडक, मदन भण्डारी राजमार्ग अन्तर्गतको रिडी–तम्घास सडक तथा सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएका छन् । ग्रामीण सडक समेत पुर्णरुपमा बन्द हुँदा जिल्लाका विभिन्न स्थानमा यातायात तथा आवतजावत प्रभावित भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार भौगोलिक विकटता तथा सडक अवरुद्ध भएका कारण बाढीपहिरोबाट भएको क्षतिको यकिन विवरण संकलन गर्न कठिनाइ भइरहेको छ । विभिन्न स्थानमा भएको क्षतिको विवरण संकलन तथा जोखिममा रहेका नागरिकको सुरक्षाका लागि सुरक्षा संयन्त्रहरुपरिचालन भइरहेका छन् ।

प्रशासनले निरन्तर वर्षा भइरहेकाले नदी, खोला तथा पहिरोको जोखिम रहेका क्षेत्रमा उच्च सतर्कता अपनाउन र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा रहन जिल्लावासीलाई आग्रह गर्दै आएको छ ।

बाढी र पहिरोका कारण गुल्मीमा २४१ घर उच्च जोखिममा

अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका विभिन्न स्थानीय तहमा गरी २४१ घर उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जोखिममा परेका केही घर परिवारहरु आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेको बताईएको छ ।

प्रहरीका अनुसार जोखिममा पर्नेहरुमा कालीगण्डकी गाउँपालिकामा १५ घर परिवार, सत्यवती गाउँपालिकामा ३० घर, रुरुक्षेत्र गाउँपालिकामा ४०, मुसिकोट नगरपालिकामा १२ घर र रेसुङ्गा नगरपालिकामा २५ घर रहेका छन् ।

त्यसैगरी गुल्मीदरबार गाउँपालिकामा पाँच घरपरिवार र चन्द्रकोट गाउँपालिकामा ७० घर जोखिमा रहेको गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो । धुर्कोट गाउँपालिकामा १५ घर, इस्मा गाउँपालिकामा १२ घर तथा छत्रकोट गाउँपालिकामा सात घर जोखिममा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जिल्लामा बाढीपहिरोबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको बताउनुभयो । उहाँले जोखिममा रहेका तथा विस्थापित परिवारको विवरण थपिन सक्ने भएकाले प्रहरीले घटनाको विवरण सङ्लन गरिरहेको बताउनुभयो ।

बाढीपहिरोका कारण उच्च जोखिममा परेर विस्थापित परिवारलाई स्थानीय पालिकाहरुको सहयोगमा सुरक्षित स्थानमा सार्ने आवश्यक सहयोग उपलब्ध गराउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मी‐स्याङ्जा जोड्ने मोटरेबल पुल पुल बाढीले बगायो

कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जाको मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौर जोड्ने मोटरेबल पुल बगाएको छ । कालीगण्डकी करिडोर सडकलाई जोड्ने उक्त पुल पुल बाढीले बगाएपछि गुल्मी, स्याङ्जा हुँदै बाग्लुङ र पर्वतसम्म आवतजावत गर्ने सवारी साधन तथा नागकिरहरु प्रत्यक्ष रुपमा प्रभावित बनेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक भिमकिरण बोगटीका अनुसार ड्याम साइटमा कालीगण्डकी नदीको पानीको बहाव अत्यधिक बढेपछि आईतबार बिहान उक्त पुल बाढीले बगाएको हो । पाँच दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा पानीको सतह उच्च छ ।

पानी बढेपछि मिर्मी स्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका तीनवटै ढोकासमेत खोलिएको नेपाल विद्युत् प्राधिकरण कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रका लेखापाल विष्णुप्रसाद न्यौपानेले जानकारी दिएका छन् । नदीमा पानीको बहाव बढेपछि सनिबारदेखि जलविद्युत केन्द्रमा १४४ मेगावाट विद्युत् उत्पादन समेत बन्द गरिएको छ ।

बाढी आएपछि पानी पुरानै बहन क्षेत्रमा पठाईएको न्यौपानेले बताउनुभयो । जलविद्युत निर्माणको समयमा बनेको उक्त मोटरेबल पुल ड्याम साईडबाट ५० मिटर तल रहेको थियो । अहिले पनि उक्त क्षेत्रमा पानी परिहरेको छ । जलविद्युत केन्द्रको ड्याम भने खतरामा मुक्त रहेको बताईएको छ ।

मिर्मी–हर्मिचौर जोड्ने उक्त पुल कालीगण्डकी जलविद्युत् परियोजना ‘ए’ निर्माणका क्रममा २०५५ सालमा निर्माण गरिएको थियो । परियोजनाका लागि सामग्री ढुवानी गर्न बनाइएको उक्त पुल आयोजना निर्माण सम्पन्न भएपछि स्थानीयलाई आवतजावत गर्न निकै सहज बनेको थियो ।

पुल बगाएपछि उक्त क्षेत्रको सडक सम्पर्कमा थप समस्या उत्पन्न भएको कालीगण्डकी गाउँपा