२ बैशाख २०८३, बुधबार
न्यानो कपडा वितरणसॅगै विद्यार्थीमा उत्साह थपियो
गुल्मी, २४ मंसिर । मन भएपछि घन हुनुपर्छ भन्ने मान्यतालाई टोड्दै गुल्मीमा एक युवाले विद्यालयमा न्यानो कपडा बितरण गर्नु भएको छ । जाडोयाममा चिसोले कठ्याङ्ग्रिने हुँदा विद्यार्थीहरूलाई पठन–पाठनमा सहयोग पुरायाउने उद्देश्यले रेसुङ्गा नगरपालिका–१० सिमिचौर स्थित भवगती माध्यमिक विद्यालयमा करिब एक लाख रूपैया बराबरको न्यानो कपडा वितरण गरिएको छ।
यस अभियानका मुख्य अभियानकर्ता एवं स्थानीय युवा तथा नेपालका कान्छा ज्योतिषका रूपमा परिचित चुरामणि पाण्डेले बुधबार आयोजित कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई न्यानो कपडा हस्तान्तरण गर्नु भएको हो ।
युवा ज्योतिषचुरामणि पाण्डे, सोही विद्यालयका पूर्व–विद्यार्थी पनि हुनुहुन्छ। आफ्नै विद्यालय र समुदायप्रति कृतज्ञता व्यक्त गर्दै उहाँले झण्डै एक लाख बराबरका न्यानो कपडा प्रदान गर्नुभएको हो।
कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष राम बहादुर बस्नेतले पाण्डेको योगदानलाई उच्च प्रशंसा गर्दै जाडोयाममा विद्यार्थीहरूको पठनपाठनमा सहजता होस् भन्ने मनसायले गरिएको सहयोग अत्यन्तै सराहनीय भएको बताउनु भयो ।
आफैले पढेको विद्यालयमा फर्किएर समाजका लागि केही काम गर्ने उदार भावनाका प्रेरणादायी पुर्व विद्यार्थी पाण्डेले समाजमा उदाहरणीय काम गरेको भन्दै विद्यालयको तर्फबाट विद्यालयका प्रधानाध्यापक घनश्याम सुस्मितले धन्यवाद व्यक्त गर्नु भएको थियो। न्यानो कपडा पाएपछि विद्यार्थीहरू थप खुशी र उत्साहित बनेका थिए।

