पर्सामा पत्रकार, प्रहरीसहित १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

admin

२०७७ भाद्र २ गते, मंगलवार १४:०६ मा प्रकाशित

२ भाद्र वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा र काभ्रेको धुलिखेलस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा पत्रकार प्रहरी सहित १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका डाक्टर निरज सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १ सय १ जना पुरूष र ३३ जना महिला रहेका छन् । संक्रमित हुनेमा ७ वर्षको बालिकादेखि ८० वर्षकी वृद्धा महिला रहेका छन् ।

नारायणी अस्पतालका डाक्टर सिंहले जानकारी दिए अनुसार सोमार २ ठाँउको प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका ११ जना र पर्सा जिल्लाका १ सय २३ जना सहित थप १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिकास्थित रहेको नारायणी अस्पतालमा कार्यरत १ जना कर्मचारी रहेका छन् ।

सान्भी एफ.एमका ३१ बर्षका १ जना प्रबन्धक निर्देशक, नारायणी अस्पतालको आइसियुमा अपचारार्थ २२ बर्षका १ जना पुरुष र ४५ बर्ष र ३० बर्षका २ जना बिरामी, जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ताका ७ जना प्रहरी रहेका छन् भने वीरगन्ज ४ बिर्ताका एक जना ३२ बर्षका डाक्टर समेतमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर सिंहले बताए ।

त्यसैगरी वीरगन्ज महानगरपालिका विभिन्न वडाका १८ जना रहेका छन् भने पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकाका विभिन्न वडाका २५ जना रहेका छन् ।

त्यसैगरी बारा जिल्लाका विभिन्न ठाँउका ११ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर सिंहले बताए ।

साउन ३० गते देखि भदौ ०१ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पताल को प्रयोगशालमा परीक्षण गर्दा ६६ जना संक्रमण पुष्टि भएको नारायणी अस्पताल का डा. उदय नारायण सिंहले जानकारी दिए । काभ्रेको धुलिखेलस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा पनि ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डाक्टर सिंहले बताए ।