२४ मंसिर २०८१, सोमबार
तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न जल तथा मौसम विज्ञान विभागकाे अनुराेध
नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न जल तथा मौसम विज्ञान विभागले अनुराेध गरेको छ ।
सामान्यतया अक्टोबर २ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । आज मौसम बाहिरिने अनुमान गरिएकाे भएतापनि यसपाली मनसुन केही दिन लम्बिएको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । यसका साथै अझै मनसुन बाहिरिन करिब हप्ता दिन लाग्ने अनुमान पनि उनले गरेका छन् ।
यो बेलामा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ । त्यसैले माैसमी बदली रहेकाे छ ।