गजल ः रेसुङ्गार्जुन

admin

२०८० आश्विन १६ गते, मंगलवार १०:०७ मा प्रकाशित

रेसुङ्गार्जुन मित्र उराठी’ गौतम इस्मा –६, अमरपुर, गुल्मी (हाल ः तिलोत्तमा –२, रुपन्देही)

अर्जुनसँग रेसु·ाले साउती गर्दौरैछ ।

लजाएर घुम्टो ओढी तम्घास डर्दोरैछ ।।

मुस्कुराई रेसुङ्गाले छड्के नजर हेरेपछि,

सड्ढेत बुझी अर्जुन पनि पर सर्दोरैछ ।।

 

यौवनको नशा हो वा जवानीको उमङ्ग हो ?

लठ्ठ पार्न वनफूलको वासना छर्दोरैछ ।।

नववधू जस्तै गरी सजिएकी सुन्दरीलाई रेसुङ्गाले अङ्गालोमा सधै भर्दोरैछ ।।

“उराठी” नै मुग्ध भयो उनको प्रेम देखी, लोभिएर स्वर्गबाट इन्द्र झर्दोरैछ ।।