२४ आश्विन २०८१, बिहीबार
एमाले गुल्मीद्धारा महंगी र कालाबजारी नियन्त्रण गर्नका लागि माग
१ कात्तिक, गुल्मी । नेकपा एमाले गुल्मीले वर्तमान जनविरोधी गठबन्धनको सरकारको नालायकी का कारण दशैं तिहार, नेपाल सम्बत छठ जस्ता चाडहरुको अवसर पारेर जनतालाई चर्को महंगीले ढाड सेक्ने काम भएको जनाएको छ । बुधबार एमाले गुल्मीको जिल्ला सदरमुकाम तम्घासमा बसेको बैठक भएका निर्णयहरु सार्वजनिक गर्दै मनपरी ढंगले गरिएको महंगी र कालाबजारी नियन्त्रण गर्नकालागि सरकार समक्षजोडदार माग गरेको हो ।
नेपालीहरुका महत्वपूर्ण चाडबाडका बेला सवारी आवागमन तथा सडकको अवस्थानिकै कष्टप्रद रहेको बिज्ञप्तीमा उल्लेख छ । संघीय तथाप्रादेशिक सरकारले सडक निर्माणको काम गुणस्तरीय रुपमा समयमै सम्पन्नगर्न नसकेको प्रति ध्यानाकर्षण गराएको छ ।
काम गरिसकेका निर्माण व्यवसायीको भुक्तानी रोकेर श्रमिकहरुको पारिश्रमिक, अन्य व्यवसायीहरुको भुक्तानी रोकिएको अवस्था छ । यस कार्यले सडक निर्माणको अवस्था समेत अलपत्र अवस्थामा रहेकोकोले जनताको यातायातनिकै कष्टदायक बनेको नेकपा एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले बताए ।
सवारी चापहुने यस बेलमा अविलम्ब सडक मर्मत गरी यात्रीहरुका सबारी सहज र सुचारु बनाउन, थप सवारी साधनको व्यवस्थागर्न, हवाइ यातायात माग रिएको चर्को मूल्यवृद्धि नियन्त्रण गर्न र काम सम्पन्न गरेका निर्माण व्यवसायीको भुक्तानी दिन सरकार समक्ष जोडदार माग गरेको छ । त्यस्तै सरकारी निकायबाट हुने कामकार्वाहीमा भ्रष्टचार, अनियमिता काकारण जनतालाई आजित बनाएको बिज्ञप्तीमा उल्लेख छ ।
आर्थिक मन्दीले देश डामाडोल भएको छ । यसले जनतालाई चरम निराशा पैदा भएको छ । यस अवस्थामा भ्रष्टचार, अनियमितता र पक्षपात रोक्न र आर्थिक मन्दीकाअसर कमगर्ने कार्यक्रम संचालनगर्न लागि जोडदार गरेको पार्टी अध्यक्ष काउछाले बताए ।
शिक्षक, कर्मचारी लगायत मौलिक हकसम्बन्धी कानून निर्माणमा वर्तमान सरकारले प्रभावकारी कामगर्न सकेको छैन । अविलम्ब पेशाकर्मीहरुका मागहरुलाई सम्बोधन गरी कानून निर्माण गर्न तथा जनताका मौलिक अधिकारसँग सम्बन्धित कानून निर्माण गर्नका लागि यो बैठक जोडदार माग गरेको छ ।
वर्तमान सरकारले देशमाशान्ति सुरक्षाकायमगर्न सकेको छैन । भ्रष्टचारको छानविनमा पक्षपात गरी ढाकछोपगर्ने काम गरेको छ ।
यस खालको गैर जिम्मेवार कामकार्वाहीको अविलम्ब बन्द गरी सुनतस्करी, ललितानिवास, भुटानी शरणार्थी लगायतका सबै काण्डमा निपष्क्ष छानविन र कार्वाही गर्नकालागि जोडदार गरको एमाले गुल्मीका सचिव गणेश श्रीपालीले बताए । देशभर जाति, समुदाय, धर्म, क्षेत्र लगायतका विषयमा सदभाव भडकाउने, देशमा अस्त व्यस्तता सिर्जना गर्ने जनआन्दोलनका उपलब्धीहरु मा धावाबोल्दै प्रतिगामी हर्कत भइरहेको सन्दर्भमा यस्ता क्रियाकलाप अविलम्ब बन्द गर्न चेतावनी दिदै आन्दोलनका उपलब्धी रक्षागर्न र अग्रगामी परिवर्तन का पक्षमा दृढतापूर्वक उभिने प्रस्ताव बैठकले पारित गरेको छ ।
बैठकले हिन्दूहरुको महान चाड वडादशै, तिहार, छट तथा नेपाल सम्बतको उपलक्ष्यमा सम्पूर्ण पार्टी पक्ति तथा न्यायप्रेमी जनसमुदायहरुमा हार्दिक शुभकामना प्रदान गरेको छ ।