२४ आश्विन २०८१, बिहीबार
गुल्मी महोत्सवमा दैनिक रौनक बढदैः२१ गते खुमन अधिकारीसँगै दर्जन कलाकारको प्रस्तुती रहने
२० कात्तिक, गुल्मी । गुल्मी महोत्सवमा दैनिक जसो रौनक बढदै गएको छ । छ । महोत्सवको सातौं दिन कात्तिक २१ गतेको साँस्कृतिक कार्यक्रममा लोकप्रिय कलाकार खुमन अधिकारीसँगै झण्डै एक दर्जन कलाकारको प्रस्तुति रहने भएको छ । गायक अधिकारीसँगै देवकला बस्नेत, शिलु भट्टराई, बिक्रम बिश्वकर्मा, सुनिल थापा, कल्पना कुसुम, बिष्णु श्रीपाली, बिन्दु थापा लगायतका कलाकारको प्रस्तुति रहने भएको मेलाका साँस्कृतिक कार्यक्रम संयोजक खुम खत्रीले बताए ।
महोत्सवको छौठौं दिन अर्थात आज विभिन्न बिधाका राष्ट्रिय कलाकारद्वारा प्रस्तुती राखेका थिए । गाकिा ज्योती मगर, दिपक गरौजा, भरत क्षेत्री, सिता राना, बिष्णु सिंजाली लगायतले सांगीतिक प्रस्तुति राखेका हुन् ।
गुल्मी उद्योग संघको आयोजनामा कात्तिक १५ गतेदेखि संचालन भएको गुल्मी महोत्सवको कात्तिक २५ गतेसम्म उपल्लो तम्घास चल्नेछ । उद्योग कृषि र पर्यटनमा उनीएको थुङ्गा, समुन्नत गुल्मीका लागि जाउँ हिड् रेसुङ्गा’ भन्ने नाराका साथ चलेको मेलामा ३ सय वटा स्टल रहेका छन् ।
महोत्सवमा स्थानीय स्तरबाट उत्पादन भएका सामग्रीको प्रदर्शन गरिनुका साथै कृषि उत्पादनको प्रदर्शन गरेर बजारीकरणमा टेवा पु¥याउने आयोजकले लक्ष्य लिएको आयोजकले जनाएको छ । गुल्मी महोत्सवमा उपल्लो तम्घासमा साँस्कृतिक कार्यक्रमहरुसँगै जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु, मनोरञ्जनात्मक पिङ लगायत विभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री वितरणको लागी राखिएको छ ।
महोत्सव अवधीभर सांस्कृतिक कार्यक्रममा नेपाली सिने जगतमा महानायक विभिन्न बिधाका राष्ट्रिय कलाकारदेखि लोकप्रिय कार्यक्रम इन्द्रेणी टिम सहित विभिन्न बिधाका झण्डै एकसय बढी कलाकारको प्रस्तुती रहने भएको गुल्मी उद्योग संघका बरिष्ठ उपाध्यक्ष जनक पन्थले बताए ।