२४ आश्विन २०८१, बिहीबार
पुर्वाधारमा कम्जोर हुँदा पनि खेलाडीको उत्कृष्ट प्रदर्शन ः प्रदीप ज्ञवाली
२३ कात्तिक, गुल्मी । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले नेपालमा खेल पुर्वाधारमा कम्जोर हुँदा पनि खेलाडीको उत्कृष्ट प्रदर्शनको प्रसंशा गरे । मदन भण्डारी स्पोर्ट्स एकेडेमी गुल्मीको आयोजनामा प्रथम मदन भण्डारी ब्याटमिन्टन प्रतियोगिताको शुभारम्भ गर्दै ज्ञवालीले अझै धेरै संरचनाको आवश्यकता रहेका बेला निर्माणाधिन खेलमैदान अलपत्र पर्नु दुःखद रहेको बताए ।
ज्ञवालीले स्थानीय स्तरबाटै प्रतिभा पहिचान, प्रशिक्षित गर्ने र अबसर प्रदान गर्नुपर्नेमा जोड दिए । उनले मदन भण्डारीको योगदान र एकेडेमीको औचित्यका बारेमा आफ्नो भनाइ राखेका थिए ।
प्रतियोगितामा ५२ समूह सहभागी छन । भेट्रान, सुपर भेट्रान,खुल्ला, महिलापुरुष १६ बर्षभन्दा कम उमेर समुहको विद्यामा प्रतिस्पर्धा हुने एकेडेमीमा उपाध्यक्ष माधब बिष्टले जानकारी दिए ।
प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेहरुले खुल्ला, भेट्रान, सुपर भेट्रान र १६ बर्ष उमेर तलको लागि क्रमशः ३० हजार, २५ हजार, २५ हजार, १५ हजार र १५ हजार पुरस्कार प्राप्त गर्नेछन । त्यस्तै द्वितीय स्थान प्राप्त गर्ने खुल्ला, भेट्रान, सुपर भेट्रान र १६ बर्ष उमेर तलको लागि क्रमशः २० हजार, २० हजार, २० हजार, १० हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन ।
तृतीय स्थान प्राप्त गर्नेले खुल्ला, भेट्रान, सुपर भेट्रान र १६ बर्ष उमेर तलको लागि क्रमशः १० हजार, १५ हजार, १० हजार, ५ हजार र ५ हजार पुरस्कार प्राप्त मदन भण्डारी स्पोर्ट्स एकेडेमी गुल्मीमा उपाध्यक्ष बिष्टले बताए । कार्यक्रममा एकेडेमीका संरक्षक बालसिह काउछाले जिल्लाको खेलकुदको अवस्था र एकेडेमीको बारेमा बताएका थिए ।