२४ आश्विन २०८१, बिहीबार
गुल्मीमा झण्डै ५ हजार मौरी पालक कृषक
अनिल खत्री
२७ मंसिर, गुल्मी । जिल्ला भर हाल ४ हजार ५ सय जना मौरी पालन गर्ने कृषक रहेका छन् । जसमध्ये आधुनिक घार ३ हजार ६३६ वटा रहेका छन् ।
परम्परागत घार २ सय ८९ वटा रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जिल्लामा वार्षिक १० लशमलव ५९ मेटन मह उत्पादन हुने गरेको छ ।
हाल जिल्लाबाट उत्पादित मह अनेत्र जिल्लामा बेचेर करिब २९ लाख रुपैयाँ आन्दानी हुने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।
मौरी पालन व्यवसायमा आकर्षण
गुल्मी जिल्लामा मौरी पालन व्यवसायमा आकर्षण बढदै गएको छ । कम मेहनतमा राम्रो आम्दानी हुने भएकाले यस व्यवसाय तर्फ कृषकको रोजाई बढदै गएको हो ।
घर वरिपरि मौरीका घारैघार अनि सुन्तलाको बगैचा । बिहानै उठेदेखि साँझ नपरुन्जेल मौरीको घारको हेरचाह गर्ने गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर–१ बलिथुमका मानबहादुर फुङजेलीको दिनचर्या हो ।
उहाँले मौरीको मह बचेर मनग्य कमाई गर्न थालेपछि यस व्यवसायमै रमाउदै आउनु भएको छ । परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरणको पात्र उहाँ बन्नु भएको छ ।
विगत २ वर्षदेखि छाचुरे कृषि फम दर्ता
गरेर व्यवसायिक रुपमा मौरीपालन व्यावसाय गर्दै आउएका फुङजेलीले मह उत्पादन गरेर आम्दानी गर्न थाल्नु भएको हो । घरमा अहिले सेरेना जातको ३० वटा मौरीका घार छन् ।
मौरीले राम्रै आम्दानी दिनथालेपछि उनको उत्साह बढदै गएको उहाँको भनाइ छ । मौरी पालन गर्ने कृषकलाई वर्खाको समयमा मैन पुतलीले समस्या पार्ने गरेको उहाले बताउनुभयो ।
वर्खाको समय र अत्याधिक चिसो हुने समयमा ख्याल गर्ने हो भने मौरी पालनबाट राम्रो प्रतिफल लिन सकिने फुङजेलीले बताउनुभयो । फुङजेलीले मह उत्पादन र घार बृद्धि पनि सँगसँगै बढाउदै लगेको बताउनुभयो ।
१३ वर्षदेखि व्यवसायी रुपमा कृषि गर्दै आएका फुङजेलीले कागती सुन्तला बिक्री गरेर पनि राम्रो प्रतिफल लिने गर्नु भएको छ।
फुङजेलीसँगै जिल्लामा अरु धेरै कृषकहरु मौरी पालन गर्दै आएका छन् ।
वर्षमा दुई पटक मह निकाल्ने गरिन्छ । जिल्लामा कृषकले उत्पादन गरेको मह घरवाटै बिक्रि हुने गरेको कृषकहरुको भनाइ छ ।
गुणस्तरीय मह भएकाले अधिकांश मह घरवाटै १ हजार ५ सय रुपैयामा बिक्री हुने गरेको कृषक फुङजेलीले बताउनुभयो । १० वटा भन्दा बढी घारमा मौरी पालन गर्ने कृषकलाई मौरी र घारमा अनुदान दिने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।
जिल्लामा गतवर्ष भन्दा मह उत्पादन बृद्धि भएको भण्डारीको भनाइ छ । उत्पादन बढनुमा घार संख्यामा बृद्धि, चरन क्षेत्र राम्रो भएको र यो पटक पानीले असर नपरेको उत्पादन बढेको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।
जिल्लामा उत्पादन भएको मह बिक्रीका लागि बजारी गर्न समस्या पनि नभएको भण्डारीले बताउनुभयो । पहाडी क्षेत्रमा शेरेना जातको मह उत्पादन हुँने हुँदा यसको मह खोजी खोजी किन्ने गरेकाले बिक्री गर्न समस्या नहुने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।
मौरी पालनको क्षेत्रमा राम्रो सम्भावना भएपनि आवश्यक ज्ञानको कमीले कृषकले अझै पनि बिना तालिम आफ्नै अध्ययनले मौरी पाल्ने गरेका छन । जिल्लामा मह उत्पादन बृद्धि गर्न भन्दै बैशाख मह दिवस मनाउन पनि थालिएको छ ।
गएको बैशाख ४ गते मुसिकोट नगरपालिकाको मालारानीमा मह दिवस मनाइएको थियो । मौरी पालन व्यवसायलाई थप व्यवसायीकरण गरि गुल्मीलाई महमा आत्मनिर्भर जिल्ला बनाउन मह दिवस मनाउन थालिएको हो ।
मुसिकोट नगरपालिकाको उक्त क्षेत्रमा विगत तिन वर्षदेखि मौरी पालक किसान समूहमा आबद्ध रहेर व्यवसाय गरिरहेका छन् । मौरी स्मार्ट गाउँमा मात्रै हाल ५१ किसान संगठित छन् ।
उनिहरुले वार्षिक २ सय ५० घार मौरी, मौरी बिनाका दुई सय घार र महको व्यापक मात्रामा निर्यात गर्दै आएका छन् ।।