हराउँदै गएका तीजको मौलिक भाकाको संरक्षणमा नगरपािलका

admin

२०८१ भाद्र २१ गते, शुक्रबार १८:११ मा प्रकाशित

गुल्मी २१ भदौ । पछिल्लो समयमा नेपाली नारीहरुको महाव पर्व हरितालिका (तिज) पर्वको अवशर पारेर बजारमा आएका धेरैजसो गीत र नृत्यहरु भड्किलो र उत्ताउला खालका रहेका छन । तर तीज पर्वको अवशरमा गुल्मीको सदरमुकाम तम्घासमा भने शुक्रबार पुराना मौलीक भाकाका गीत र नृत्यसँगै तीज पर्व मनाइएको छ ।

तम्घास स्थीत चिदिचौर खेल मैदानमा स्वतस्फुर्त रुपमा भिन्नाभिन्नै समुह बनाएर गाइएका गीतहरु मौलिक संस्कृतिमा आधारित थिए । युवा पुस्तादेखि पाका पुस्ता सम्मका महिला दिदीबहिनीहरु आआफ्नो समुह बनाएर तीजका पुराना र नयाँ भाकाका गीतहरुसँगै नाँचगान गरेर उल्लासमय रुपमा तीज पर्व मनाएका छन ।

पछिल्लो समय नारीको मर्म तथा बेदनामा आधारित भन्दा पनि फरक खालको संस्कृति भित्रिएको अबस्था छ । यस्तो अबस्थामा आफ्नो मौलिक भाकाका गीत संगितकोे संरक्षण गर्न सबै जुट्नुपर्छ भन्ने तम्घासमा शुक्रबार प्रस्तु गरिएका गीत र नृत्यहरुले सन्देश दिएको थियो । तीजको अवसरमा महिलाहरुले घरमा आफुले भोगेका सुखदुख र बेदनाहरु गीतका माध्यमबाट पोख्ने गरेको रेसुङ्गा नगरपालिका ४ की ६५ बर्षीय गुनिगौरी आचार्यले बताउनु भयो ।

 तीज आउनु भन्दा एक महिना अघिदेखि दर खाने र झकिझकाउ गरगहना प्रर्दशन गर्ने विकृति बढ्दै जान थालेपछि पहिल्लो समयमा तीजको परम्परागत मौलिक संस्कृती हराउँदै जान थालेको हो । परम्परागत रुपमा तीजको मौलिकतालाई बचाई राख्नका लागि रेसुङ्गा नगरपालिकाले तीज पर्वको दिन चिदिचौरमा गीत गाउँने सहभागि विभिन्न समुहरुलाई पुरस्कृत गर्दै आएको छ । यस पटक पनि नगरपालिकाले मौलिक तीज गीतको संरक्षणका लागि मौलिक भाकामा गीत गाउने समुहहरुलाई नगद सहित पुरस्कृत गरेको छ ।